संविधानका मुख्य विवादित विषय सङ्घीयतामा छ वा आठ प्रदेश बनाउने विषयमा प्रमुख दलका शीर्ष नेताहरूले गहन छलफल गरेका छन् । प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) तथा मधेसी मोर्चाका शीर्ष नेताहरूको बैठकमा सहमतिमा छिट्टै संविधान जारी गर्न संविधानका विवादित अन्तर्वस्तुमा सहमति जुटाउन छलफल भएको हो । बैठकमा मुख्य रूपमा छ वा आठ प्रदेशको सङ्घीयता बनाउन सकिने बारेमा नेताहरूले आ–आफ्ना धारणा राखेको मोर्चाका संयोजक विजयकुमार गच्छदारले जानकारी दिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment