पोखराको पार्दीस्थित फिस्टेल एकेडेमी उच्च माविमा कक्षा सजावट प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगितामा कक्षा १ र २ समूहबाट कक्षा १ नीलो र २ हरियो, कक्षा ३ र ४ समूहबाट कक्षा ४ नीलो र ३ हरियो कक्षा ५, ६ र ७ समूहबाट ५ नीलो, ६ हरियो, ५ हरियो र ७ नीलो एवं कक्षा ८, ९ र १० समूहबाट ८ नीलो, १० नीलो तथा ९ नीलो कक्षाहरु क्रमशः प्रथम, दोस्रो र तेस्रो हुन सफल भएका थिए । सो अवसरमा विद्यार्थीहरुले शिक्षण सिकाइ क्रियाकलापमा प्रयोग हुने सामग्रीहरु आफैले तयार गरेका थिए । उक्त अवसरमा विद्यालयका संस्थापक÷ प्राचार्य चिनु रानाभाटले कक्षा कोठाहरु शैक्षिक सामग्रीहरुले पूर्ण हुनुपर्ने र शैक्षणिक गतिविधिहरु शैक्षिक सामग्रीहरुको प्रयोगले मात्रै सार्थक हुने कुरा बताए । उक्त अवसरमा विद्यालयका सहप्राचाय बुद्धिमोहन पौडेल, उच्च मावि संयोजक रामबन्धु पोख्रेल तथा कला शिक्षक गोविन्द थापाले निर्णायकको भूमिका निर्वाह गरेका थिए भने संयोजक अतिरिक्त क्रियाकलाप विभागले गरेको थियो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment