गोल्डेन न्यूज संवाददाता
कुँवर मिलन समाज पोखरा १५ र कुँवर मिलन नारी समाज, पोखरा १५ले संयुक्त रुपमा एक कार्यक्रम गरी आ–आफ्नो प्रथम वार्षिक साधारणसभा सम्पन्न गरेका छन् । सभाका प्रमुख अतिथि कुँवर समाज कास्कीका अध्यक्ष नेपाली सेनाका पूर्व मेजर विष्णुबहादुर कुँवरले साधारणसभाको सफलतको कामना गर्दै अहिलेको राष्ट्रिय विपत्तिको बेलामा सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी नेपाल र नेपालीलाई माथि उठाउन आग्रह गरे । यसैगरी कुवँर मिलन समाजका अध्यक्ष मेघ बहादुर कुँवर थापाले समाज बलियो भए सदस्य बलियो हुने र राष्ट्र बलियो भए सारा राष्ट्र बलियो हुने हुँदा हामी सबै समाज र राष्ट्र बनाउने तर्फ अग्रसर हुनुपर्ने बताए । कुँवर मिलन समाजका सचिव निम बहादुर कुँवरको संचालन, कुँवर मिलन नारी समाजका अध्यक्ष शोभा कुँवरको स्वागत मन्तव्य रहेको सो सभामा लालबहादुर कुँवर, क्या.हरिकृष्ण कुँवर, सु.गंगा बहादुर कुँवर, बुद्धि बहादुर कुँवर, कोषाध्यक्ष कमल बहादुर कुँवर, मिना कुँवर, मनु कुँवर, तिलक कुँवर लगायतले मन्तव्य राखेका थिए । मेघ बहादुर कुँवर थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतले पारित गरेको थियो । सो सभामा हालै भूकम्पमा परी ज्यान गुमाउनेहरुको आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौनधारणा सहित घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो ।
Post a Comment