जनकल्याण बहुउद्देश्य सहकारी संस्था टक्सार स्याङ्जाको सक्रियतामा विभिन्न व्यक्तिहरुबाट उठेको रकम भूकम्प पीडितलाई हस्तान्तरण गरिएको छ । भूकम्पमा परि घाईते भएकाहरु उपचारको क्रममा पोखराको पश्चिमाञ्चल क्षेत्रीय हस्पिटल, मणिपाल शिक्षण हस्पिटल र गण्डकी मेडिकल कलेजमा रहेका घाईते तथा कुरुवाहरुको लागि रकम र खाना वितरण गरिएको हो । पीडितहरुका लागी संस्थाका तर्फबाट संस्थाका अध्यक्ष दीर्घलाल पौडेल र सदस्य नेत्र बहादुर कार्कीले रकम हस्तान्तरण गरेको संस्थाले जनाएको छ । पोखराको विभिन्न हस्पिटलमा उपचार गरेका पीडितहरुलाई जनही तीन हजारका वितरण गरियो । संस्थाले दिएको उपचार पाउनेहरुमा गोरखा खरिवोटका कमल पोख्रेल, मनकामनाका सकुन्तला श्रेष्ठ, गोर्खाका स र स्वती नेपाली, रसुवाका पूर्णबहादुर गुरुङ, गोर्खाका कृष्णकुमार ढकाल, पर्वतका गोविन्द परियार, तनहुँका मणिराम थापा, गोर्खाका हिमानसिँह घले, गोर्खाकी जलमाया लामा, गोर्खाका धनबहादुर गुरुङ, पर्वतकी गीता थापा, गोर्खाकी मल्दानी गुरुङ, गोर्खाकी सीमा गुरुङ,गोर्खाकी मन कुमारी घले, गोर्खाका सोमबहादुर गुरुङ, स्याङ्गजाकी जियाकुमारी गुरुङ, म्याग्दीका चक्रबहादुर रोका, गोर्खाकी लालमाया गुुरुङ, गोर्खाकी सन्तमाया घले, गोर्खाका पुर्णबहादुर गुरुङ, तनहँुका रामबहादुर बिष्ट, धादिङकी रीति माया तामाङ, गुल्मीका सुमन रानालाई जनही तीन हजारका दरले र अन्य १२ जना बिरामी कुरुवालाई तीन दिनको खानाको व्यबस्था गरिएको थियो ।
Home
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
»
संघ संस्था गतिबिधी
» भूकम्प पीडितलाई राहत हस्तान्तरण
Subscribe to:
Post Comments (Atom)
Post a Comment