गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका डिहिकोपाटनमा सम्पन्न वृहत् सरसफाई सप्ताह महायज्ञमा भक्तजनहरुबाट संकलित खाद्यन्न रेडक्रस कास्कीलाई प्रदान गरिएको छ । करिब ५ मुरी चामल २ मुरी धान खाने तेल, दाल, नुन, सहितका खाद्यान्न प्रदान गरिएको हो । महायज्ञका संचालकहरु हिकमत कुँवर, राजु बराल, नारायण पौडेल गिरिराज अधिकारी रामराज पहारी गोविन्द पहारी, इन्द्रप्रसाद पोडेल, मैया थापा लगायतले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका उपसभापति डण्डराज शर्मा पौडेल र सदस्य मंगल नेपालीलाई हस्तान्तरण गरे । विनासकारी भूकम्पवाटका कारण ज्यान गुमाइरहेका र घाइते भएकाहरुको चिर शान्ती तथा शिर्घ स्वस्थ्य लाभको कामना गर्दै गएको हप्ता पोखराको डिहिकोपाटनमा सरसफाई सप्ताह तथा महायज्ञ सम्पन्न भएको थियो । सो अवसरमा पौडलले हस्तान्तरित खाद्य सामाग्रीको मानवीय पीडा भएको समुदायमै पठाउने र सहि सदुपयोग गर्ने वाचा गर्दै संचालकहरुलाई कास्की रेडक्रसको तर्फबाट धन्यवाद ज्ञापन गरे । यसैगरी नेपाल रेडक्रस सोसाइटी कालिका उपशाखा अन्तर्गत कालिका गाविसको वडा नं. ९ थामलङ्काथरमा २१ परिवारलाई त्रिपाल हस्तान्तरण गरिएको छ । कोपिला नेपालको सहयोगमा नेपाल रेडक्रस सोसाइटी कालीका उपशाखा र जिल्ला शाखाको संयुक्त प्रयासमा त्रिपाल हस्तान्तरण गरिएको हो । कास्की शाखाका उपशभापति दण्डराज शर्मा, शाखा सदस्य तथा कालिका उपशाखाका सभापति राजेश घिमिरे, कोपिला नेपालका कार्यक्रम संयोजक तिलक घिमिरेले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । पोखराबाट नजिकै रहेर पनि हालसम्म कसैले राहत वितरण नगरेकोमा रेडक्रसले गरेको सहयोग प्रति सुवेदार तेज बहादुर गुरुङ र सोनम गुरुङले आभार प्रकट गरे । यसैगरी भूकम्प प्रभावितका लागि नेकपा एमाले कास्कीले नेपाल रेडक्रस सोसाइटी कास्की शाखालाई ५५ हजार ५ सय ५५ रुपैया हस्तान्तरण गरेको छ । रेडक्रस कास्कीमा विहिवार आयोजित कार्यक्रमका एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले रेडक्रस कास्कीका सभापति वामदेव ढुङ्गाना, उपसभापतिहरु डण्डराज शर्मा, डोलराज पाण्डे र कोषाध्यक्ष धर्मराज अधिकारीलाई संयुक्तरुपमा सो रकम हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै एमाले कास्की अध्यक्ष थापाले पार्टीका सदस्यहरुबाट संकलित सो रकमले भुकम्प प्रभावितहरुलाई राहत पुग्ने विश्वास व्यक्त गरे । रेडक्रस कास्कीका सभापति वामदेव ढुङ्गानाले देशमा गएको विनाशकारी भुकम्पका कारण परेको विपत न्यूनिकरणमा सबैको सहयोग पाएको बताए । कास्कीमा पार्टीका तर्फबाट रेडक्रसमा पहिलो सहयोग पाएकोमा उनले धन्यवाद व्यक्त गरे । एमाले कास्कीका अध्यक्ष कृण्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव दामोदवर वैरागीले सञ्चालन गरेका थिए । यसैबीच कास्की शाखामा विहिवारसम्म ३४ लाख ३४ हजार ६ सय ६७ रुपैया संकलन भएको छ । पछिल्लो क्रममा नेपाल जुनियर रेडक्रस सर्कल केफ उच्च मावि, पोखरा–१ बाट ३७ हजार ८ सय ७२ रुपैया, नेपाल जुनियर रेडक्रस सर्कल उदय मावि, धम्पुस–२ बाट १ हजार १ सय ११ रुपैया प्राप्त भएको छ । नेपाल जुनियर रेडक्रस सर्कल त्रिवेणी पब्लिक उच्च मा.वि. लेखनाथबाट ५ हजार ५५ रुपैयाँ, नेपाल जुनियर रेडक्रस सर्कल रत्ना नि.मा.वि. पोखरा–१ बाट २ हजार १ सय ७५ रुपैया प्राप्त भएको रेडक्रस कास्कीका उप–कोषाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए ।
Post a Comment