0
गोल्डेन न्यूज संवाददाता
पोखरा ३१ जेठ ।
भाट समाज नेपालले पोखरा उपमहानगरपालिका वडा नंं. १७ भित्र समाज भवन वनाउन आवश्यक सल्लाह सुझाव संकलनको लागि पार्दी विरौटा ईकाई समितिको आयोजनामा शनिबार भेला सम्पन्न भएको छ । भेलाले स्थानीय वासिन्दा तथा समाजका पश्चिमाञ्चल क्षेत्रिय समितिका बरिष्ठ उपाध्यक्ष श्रीबहादुर रानाभाटको संयोजकत्वमा १८ सदस्यीय जग्गा तथा भवन निर्माण व्यवस्थापन एवं आर्थिक समिति गठन गरेको छ ।समितिको सहसंयोजकमा सु.वोधराज रानाभाट र क्या. भक्तबहादुर रानाभाट, सचिवमा कृष्णराम रानाभाट, कोषाध्यक्षमा क्या. होमबहादुर रानाभाट र सदस्यहरुमा कृष्ण रानाभाट, मिना रानाभाट (क), मीना रानाभाट (ख), जगत रानाभाट, भिम रानाभाट, शंकर रानाभाट, सु. हर्कबहादुर रानाभाट, गोविन्द रानाभाट, प्रेमबहादुर रानाभाट र तेजबहादुर रानाभाट सर्वसम्मत चयन भएका छन् । त्यसैगरि सल्लाहकारमा केन्द्रिय अध्यक्ष खड्गबहादुर रानाभाट, केन्द्रिय सदस्य चिनु रानाभाट, पश्चिमाञ्चल क्षेत्रिय अध्यक्ष तोयबहादुर भट्टराईभाट र कास्की जिल्ला अध्यक्ष रमेश रानाभाटलाई चयन गरिएको छ । भाट समाज नेपाल पार्दी विरौटा इकाइ समितिले आयोजना गरेको सो भेलाको उद्घाटन गर्दै भेलाका प्रमुख अतिथि समाजका केन्द्रिय अध्यक्ष खड्गबहादुर रानाभाटले समाजले निर्माण गरेको भवनले पार्दी तथा विरौटा क्षेत्रमा वसोबास गर्ने सबैले फाईदा लिन सक्ने भएको वताए।कार्यक्रममा भाट समाज नेपाल पश्चिमाञ्चल क्षेत्रीय समितिका बरिष्ठ अध्यक्ष श्रीबहादुर रानाभाटले आजको समयमा सामुदायिक भवनको महत्व तथा औचित्य माथी प्रकाश पार्दैे जग्गा खरिदको लागि एक करोड लाग्ने अनुमान गरिएको वताए । कार्यक्रममा खड्गबहादुर रानाभाट, चिनु रानाभाट, केन्द्रिय सदस्य बुद्धिबहादुर रानाभाट, क्षेत्रिय सदस्य मीना रानाभाट र नरेन्द्र रानाभाट, कास्की जिल्ला पुर्व अध्यक्ष कृष्णराम रानाभाट, जिल्ला अध्यक्ष रमेश रानाभाट र बरिष्ट उपाध्यक्ष श्रीधर रानाभाट, पवित्र वचत तथा ऋण सहकारीकी अध्यक्ष मीना रानाभाटलगायतले शुभकामना व्यक्त गरेका थिए । पार्दी विरौटा इकाइ अध्यक्ष डिलमाया रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा २५० भन्दा बढिको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत उपाध्यक्ष भिम रानाभाट र संचालन सचिव शंकर रानाभाटले गरेका थिए ।

Post a Comment

 
Top