0
गोल्डेन न्यूज संवाददाता
संगीत प्रशिक्षण केन्द्र पोखराले संचालन गरिरहेको ललितकुमार–हेलकुमारी स्मृति संगीत पुरस्कारबाट यस वर्ष पोखराका अग्रज संगीतकर्मी कृष्णबहादुर श्रेष्ठलाई सम्मान गरिने भएको छ । पोखरामा रहेर संगीत र साधनाको क्षेत्रमा निरन्तर क्रियाशील श्रेष्ठलाई वरिष्ठ संगीतकर्मी एवं विभिन्न गीतको रचना र संगीतको सृजनामार्फत उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वको रुपमा चिनिन्छ । पोखरा–३, तेर्सापट्टीका संगीतज्ञ ललितकुमार बाटाजू र उनकी श्रमिती हेलकुमारीको नाममा  स्थापना गरि संगीत प्रशिक्षण केन्द्रले संचालन गरिरहेको उक्त पुरस्कारको राशि ३० हजार रुपैयाँ रहेको छ । २०६२ सालमा स्व. ललित कुमार बाटाजूको नाममा उनका छोराहरु डा. वसन्तकुमार बाटाजू, ई. आनन्द कुमार बाटाजू, भरत बाटाजू, प्रदीपकुमार बाटाजू र अर्जुन बाटाजूले अक्षयकोषका लागि प्रदान गरिएको रकम एक लाख १ रुपैयाँमा दुई लाख रुपैयाँ थप गरि ३ लाख १ रुपैयाँ पु¥याउन र सोही रकमबाट प्राप्त व्याजबाट प्रत्येक ३ वर्षमा ३० हजार राशिको उक्त पुरस्कार वितरण गर्ने निर्णय भएको हो । यसअघि प्रत्येक २ वर्षमा ७ हजार १ रुपैयाँको दरले पुरस्कार दिने गरिएको थियो । यसअघि उक्त पुरस्कारबाट २०६४ मा संगीतकर्मी चन्द्रबहादुर बाटाजू, २०६६ मा भैरव सांस्कृतिक संरक्षण समिति, २०६८ मा संगीतकर्मी कृष्णबहादुर वैद्य सम्मानित भैसकेका छन् । पुरस्कारका संस्थापक बाटाजूको शतवार्षिकिको अवसर पारेर परिवारजनले अक्षयकोषको रकम १ लाख बाट ३ लाख र पुरस्कारको राशि ७ हजारबाट ३० हजार पु¥याउने निर्णय गरेका छन् । यहि असार ५ गते संगीत दिवसको अवसर पारेर उक्त पुरस्कार प्रदान गर्न लागिएको संगीत प्रशिक्षण केन्द्र पोखराका कार्यक्रम संयोजक विश्व गोपाल पराजुलीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । सोही अवसरमा नेपाली लोक संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि योगदान पु¥याएको भन्दै अन्य चार जनालाई सम्मान गरिने पराजुलीले बताए ।    सम्मान पाउनेहरुमा धनबहादुर गायक (वाद्यवादन) चन्द्रा थापा (नृत्य), मेनकाजी गुरुङ (नृत्य प्रवद्र्धन) र रामगोपाल लिगल (तवला वादक) रहेका छन् । कवि एवं प्राज्ञ तीर्थ श्रेष्ठको संयोजकत्वमा संगीत प्रशिक्षण केन्द्रका अध्यक्ष सुरेन्द्रमान विजक्छे, पुरस्कारका संस्थापक मध्येबाट अर्जुन बाटाजू, शम्भु कार्की, हेमराज रेग्मी र खगेन्द्रराज पराजुली सदस्य रहको समितिले गरेको शिफारिसका आधारमा पुरस्कार र सम्मानको निर्णग गरिएको हो । सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सफल बनाउन केन्द्रका विश्व गोपाल पराजुलीलाई कार्यक्रम संयोजक तथा गौतम विजुक्छे, विमल श्रेष्ठ, राजेन्द्र बहादुर प्रधान र माधव प्रसाद पराजुली सदस्य रहेको उप–समिति गठन गरिएको छ ।

Post a Comment

 
Top