0
गोल्डेन न्यूज संवाददाता
 दक्षिण एसियाको पूर्व तर्फका ४ देश बस सेवाबाट जोडिने भएका छन । नेपाल, भारत, बंगलादेश र भुटानबीच बस सेवा संचालनबारे सोमबार सम्झौता भएको हो । भुटानको राजधानी थिम्पुमा भएको सम्झौता अनुसार ६ महिनाभित्र बस सेवा सुरु गर्ने सहमति जुटेको छ ।‘चार देशबीच सहज यातायात सेवा शुरु गर्ने ऐतिहासिक सहमति भएको छ,’ भौतिक योजना तथा यातायात मन्त्री विमलेन्द्र निधिले भने,–६ महिनाभित्र सबै प्रक्रिया पुरा गरेर बस सुरु हुनेछ ।’ यस सम्झौता अनुसार यी चार मुलुकका विभिन्न सहरमा सिधा बस संचालन हुनेछन । यतिमात्र नभइ अन्य यात्रुबाहक सवारी साधनको आवतजावतमा पनि सम्झौताले सहज बनाउने छ । मन्त्री नीधिका अनुसार यी देशहरुबीच छुट्टै द्विपक्षीय सम्झौता पनि हुनेछ । नेपाल र भारतबीच यसअघि नै यसबारे सहमति जुटिसकेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बेला काठमाडौ नया दिल्ली सिधा बस सेवा शुरु नै भइसकेको छ । तर अन्य शहर जोडने र निजी सवारी साधनको आवत जावत सहज बनाउने कार्यविधि सेप्टेम्बर सम्म तयार हुने मन्त्री निधिले वताए । निजी सेवा संचालकले पोखरा दिल्ली, गया लुम्बनी, काठमाडौं पटना जस्ता रुटमा पनि सिधा बस सेवा संचालन गर्न खोजिरहेका छन । दुई देशबीच सेप्टेम्बर सम्म भइसक्ने सहमतिपछि सेवा सहज हुनेछ । उक्त सम्झौता पुरा कार्यान्वयनमा आए यी शहरहरु जोडिने छन । सम्झौता कार्यान्वयनमा आएपछि नेपाली निजी सवारी साधानले पनि भरतमा ७ र ३० दिनका लागि निःशुल्क प्रवेश पाउनेछन । हाल नेपालबाट भारत सवारी साधन लानु निक्कै झन्झटिलो प्रक्रिया छ । विना शुल्क सिमाको सबैभन्दा नजिकको शहरसम्म निश्चित अवधिका लागि जान पाइन्छ । अन्यत्र जान विशेष अनुमति सहित शुल्क बुझाउनुपर्ने व्यवस्था छ । ‘काठमाडौ दिल्ली त बस चलि नै सकेको छ,’ निधिले भने, ’अन्य सेवा सुविधाका लागि सबै कार्य्विधि बन्नुपर्छ ।’ सेप्टेम्बर अघि सम्झौता कार्यान्वयनमा आइसक्ने विश्वास मन्त्री निधिको छ । ढाका काठमाडौ सिधा बस सेवा संचालनका लागि पनि करिब २ महिना अघि भएको बाणिज्य सहसचिवस्तरिय वैठकमा छलफल भएको थियो । उक्त वैठकमा भएको सहमतिलाई सचिवस्तरीय वैठकमा अनुमोदन गर्ने सहमति त्यतिबेला थियो । वाणिज्य मन्त्रालयका अनुसार भुटानको सम्झौता पछि बंगलादेशसंग पनि सहमति जुटने सम्भावना बलियो भएको छ ।यसैगरि बंगलादेश र भारतबीच पनि बस सेवा शुरु भइसकेको छ । गत साता भारतीय प्रधानमन्त्री मोदीको बंगलादेश भ्रमणका क्रममा दुई देशबीच बस सेवा शुरु भएको हो । थिम्पु सम्झौता पछि चारै देशका यातायात मन्त्रीले भुटानका प्रधानमन्त्री छिरिंग थोग्वेसंग पनि भेट गरेको मन्त्री निधिले जानकारी दिए । ’यो सम्झौताले दक्षिण एसियाली मुलुक एक अर्कासंग जोडन सहयोग पुग्नेछ,’ प्रधानमन्त्री थोग्वेको भनाइ उद्धृत गर्दै निधिले भने । दक्षिण एसियाली सहयोग संगठन (सार्क) मा सबै सदस्य मुलुकबीचको यातायात संजाल महत्वपुर्ण बिषय रहदै आएको छ । सन १९८५ मा यो क्षेत्रिय संजाल विस्तार भएपनि सबैभन्दा थोरै संजाल जोडिएको संगठनका रुपमा चिनिदै आएको छ । सार्कमा दक्षिण एसियाली राजमार्ग पनि मुख्य मुद्याका रुपमा रहदै आएको छ । मन्त्री निधिको भारतीय यातायात मन्त्री नितिन गडकरीसंगको भेटमा दुइ देशबीचका सिमा सडक विस्तारको बिषयमा छलफल भएको थियो । ‘सीमा क्षेत्रमा दुवैतर्फका सडक विस्तार गर्ने प्रस्ताव उहाँले राख्नु भएको छ,’ निधिले भने, ‘यसमा भारतले सघाउने प्रतिवद्धता पनि जनाउनुभएको छ ।’

Post a Comment

 
Top