गोल्डेन न्यूज संवाददाता
नेकपा एमालेको पूनःनिर्माण अभियान अन्तर्गत शनिबार लेखनाथको वडा नम्वर ९ लामास्वारामा पूनःनिर्माण तथा भत्केका सात घरलाई ब्वस्थापन गरेको छ । लामास्वाराका ७२ वर्षिय मंगली नेपाली, टिका खनाल र सन्तबहादुर बुढाथोकीको भत्केका घरलाई ब्यवस्थापन गदै अस्थायी टहरा निर्माण गरिएको युवा संघ गण्डकी अञ्चल अध्यक्ष नवराज ओझाले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । शंकर पौडेलको नेतृत्वमा ५० जनाको टोलीले अस्थायि टहरा निर्माण र भत्केका घर ब्यवस्थापन गरेको हो । एमाले जिल्ला सचिव दामोदर वैरागीको निर्देशनमा एमाले जिल्ला सदस्यहरु लक्ष्मी अधिकारी, बृद्धि सापकोटा, लेखनागर नगर अध्यक्ष मोहन गुरुङ, उपाँध्यक्ष रामहरी ढुङगाना, पूर्णचन्द्र पौडेल लगायत पूनःनिर्माणमा खटिएको अध्यक्ष ओझाले जानकारी दिए ।
Post a Comment