गोल्डेन न्यूज संवाददाता
गोरखाको नाम्जुङ–९ चौतारा डाँडामा रहेको जलदेवि प्राथमिक विद्यालयमा पश्चिमाञ्चल विकास ट्रस्टले ६ कोठे विद्यालय भवन वनाइदिएको छ । गएको वैशाख १२ गते गएको भूकम्पका कारण क्षति भएको विद्यालयको भवनको पाँच लाख ७ हजार रुपैँया खर्चेर निर्माण गरेको हो । करिब २२ दिनको समयमा निर्माण गरिएको भवनमा ट्रष्टले दैनिक ज्यालादारीमा चार सय भन्दा बढी व्यक्तिलाई निर्माणमा सहभागिता रहेको थियो । त्यस्तै ट्रष्टले १० जना व्यक्तिलाई २२ दिन सम्म स्वयम्सेवीका रुपमा संस्थाका सदस्यहरुलाई पनि परिचालन गरेको ट्रस्टका सह कोषाध्यक्ष पदम घिमिरेले जानकारी दिए । उनले भने–‘२२ दिन लगाएर विद्यालय बनायौँ ।’ ट्रष्टका संस्थापक अध्यक्ष गोपाल प्रसाद भुषालका अनुसार नाम्जुङ गाविसमै पिछडीएको क्षेत्र भएको र त्यहाका सवै स्थानीयहरुको घरपनि भत्किएका रहेछन्, घर कतिको बनाउनु भनेर विद्यार्थीहरु पढ्न सजिलो होस् भनेर ट्रष्टले विद्यालय बनाइदिएको हो । उनले भने–“विद्यालयमा यस अघि रहेको आठ कोठे भवन भूकम्पका कारण पुर्ण रुपमा क्षति भएको रहेछ, हामीसँग व्यक्तिका घर भन्दा पनि सबै समाजलाई फाईदाहरुने गरि स्कुल निर्माण गरेका हौं ।” सो विद्यालयमा ७५ जना विद्यार्थी अध्यनरत छन् । यहि हप्ता विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरि ट्रस्टका गोपाल प्रसाद भुसालले विद्यालय भवनको स्थानीय र स्कुल व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् । वाँस स पुराना भत्किएका सामानहरुको पुनः प्रयोग गर्दै भवन निर्माण गरिएको हो । ट्रष्टका कोषाध्यक्ष मोम प्रसाद गुरुङ्गले स्कुल निमार्ण हुदैमा आफ्नो कार्यभार नसकिएको धारणा राख्दै आवस्यक पर्ने अन्य सामाग्रीहरु पनि वितरण गर्ने धारणा राखे उनले भने–“हामीले स्कुल त वनायौं तर पढ्नको लागि बेन्च टेवुल दराज पुस्तक, कपी कलम तथा अन्य सामानहरु पनि आवस्यक पर्छ हामीले अव त्यस्ता कुराहरुमा सहयोग गर्ने सोच बनाएका छौं ।”
Post a Comment