गोल्डेन न्यूज संवाददाता
अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखराको आयोजना तथा जिल्ला मानव अधिकार निगरानी समुह कास्कीका संयोजक कृष्ण प्रसाद बरालको नेतृत्वमा जिल्लाका जनसरोकारका सेवाप्रदायक निकायका प्रमुखहरुसंग भूकम्प पछिको अवस्थाका सम्बन्धमा ध्यानाकर्षण गराउने कार्य सम्पन्न भएको छ । निगरानी समूहका संयोजक बरालले प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर रावतलाई ध्यानाकर्षण पत्र बुझाउँदै कास्की जिल्लाको समग्र अवस्था बारे जानकारी लिएका थिए । सो अवसरमा प्रमुख जिल्ला अधिकारी राउतले भूकम्पको सुरुवातमा प्राप्त क्षति विवरणहरुमा करेक्सन भैरहेको र राहत वितरणमा पनि आवश्यक प्रमाण संकलन गर्दै तथ्ययुतm रिपोर्टका आधारमा वास्तविक पीडितसम्म राहत पु¥याउने कार्य भैरहेको जानकारी गराएका थिए ।कास्कीमा दुई नगरपालिका बाहेक १ हजार २७३ घर पूर्ण क्षति भएकोमा प्रति घर ३ हजारदेखि ५ हजारसम्मका दरले जिल्लाभरि पूर्ण तथा आंशिक गरी ६ हजार ६५८ घर परिवारलाई तत्कालिन राहत वितरण गरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी राउतले नगर क्षेत्रमा समेतका लागि ३ करोड भन्दा बढीको खर्च हुने देखिएको बताए । यसैगरी जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी हेमनारायण चापागाई, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सागरराज घिमिरे र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. श्रीकृष्ण श्रेष्ठलाई छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाउँदै आम जनताको मौलिक अधिकारका रुपमा रहेको शिक्षा र स्वास्थ्यको अधिकारका सवालमा के कसरी काम भैरहेको छ ? भन्नेबारे जानकारी लिने काम भएको छ । जिल्ला मानव अधिकार निगरानी समूह कास्की संयोजक कृष्णप्रसाद बरालको नेतृत्वमा गएको टोलीमा इन्सेकका कार्यक्रम संयोजक शवनव शर्मा, निगरानी समूहका सदस्यहरु पुण्य पौडेल, बलराम घिमिरे तथा इन्सेक जिल्ला प्रतिनिधि विष्णु अधिकारी रहेका थिए ।
Post a Comment