गोल्डेन न्यूज संवाददाता
नेपाली खेलकुदको इतिहासमा नै पहिलोपटक राष्टिूय खेलकुद परिषद् (राखेप) को महिला सदस्य–सचिवका रूपमा सकुन्तला नगरकोटी नियुक्त भएकी छन् । विसं २०३१ मा कञ्चनपुरको पुनर्वासमा जन्मिएकी नगरकोटी निमित्त सदस्य–सचिवका रूपमा राखेप इतिहासमा पहिलोपटक नियुक्त भएकी हुन् । सोमबार पदभार ग्रहण गर्दै खेलकुद क्षेत्रको विकास र विस्तारका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । “खेलकुदलाई माथि उठाउनका लागि खेलकर्मी, खेलसँग सम्बन्धित विभिन्न सङ्घ सङ्गठन, राजनीतिक दलका नेता सबै एकजुट भएर लाग्नुपर्छ”–सदस्य–सचिव नगरकोटी भन्छ । उनले भूकम्पका कारण अस्तव्यस्त भएको राष्टूपति रनिङ सिल्ड प्रतियोगिता तोकिएको समय आगामी असार ५ गते नै सञ्चालन हुने प्रतिबद्धतासमेत व्यक्त गरे ।सदस्य–सचिव नगरकोटी विसं २०४६ मा कबड्डी र भलिबल खेलकी राष्टिूय खेलाडी हुनुहुन्थ्यो । विसं २०५१ देखि खेलसँग सम्बन्धित विभिन्न खेलकुद सङ्घमा पदाधिकारीका रूपमा रही काम गर्नुभएको छ । हाल उहाँ नेकपा (एमाले) डडेल्धुराको उपसचिवसमेत छन्् । त्यस्तै राखेपका उपाध्यक्ष लामा टेण्डी शेर्पाले सदस्य(सचिव नगरकोटीलाई सफलताको शुभकामना दिँदै अहिलेको टिममा एकता भएको हँुदा खेलकुद क्षेत्रको विकासमा कुनै कमी नरहने भनाइ व्यक्त गरिन् र
Post a Comment