गोल्डेन न्यूज संवाददाता
नेपाली काङ्ग्रेसका युवा नेता एवं पर्यटन व्यवसायी मुक्ति के.सीलाई मातृशोक परेको छ । उनकी आमा हरिमाया के.सीको ७० वर्षको उमेरमा आइतबार पोखरा ड्यामसाईडस्थित आफ्नै घरमा निधन भएको हो । उनी केहिवर्षयता दमबाट प्रभावित थिईन् । हरिमाया समाजसेवी व्यक्तित्व हुन् । के.सीको आइतबार नै पोखरा रामघाटमा दाहसंस्कार गरिएको छ । शव यात्रामा काङ्ग्रेसका नेताहरु यज्ञबहादुर थापा, शारदा पौडेल, वृन्दा राना, शुक्रराज शर्मा, शोभियत बहादुर अधिकारी लगायत नेपाली कांग्रेस र विभिन्न भातृ संस्थाका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरुको सहभागिता रहेको थियो । युवा नेता मुक्ति के.सी नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि र तरुण दलका पूर्व केन्द्रीय सदस्य हुन् । के.सीलाई राजनीतिमा सक्रिय बनाउनका लागि आमाले सहयोग गर्दै आएकी थिइन । कास्की कांग्रेसको राजनीतिमा नेविसंघ, तरुण दलमा सक्रिय रहेर योगदान पु¥याएका के.सी पार्टीको राजनीतिमा सङघर्षशिल व्यक्तित्व को रुपमा परिचित छन् । उनी पोखराको ड्यामसाइड स्थित होटल केसीका संचालक समेत हुन् । यसैबीच, नेपाली काङ्ग्रेस कास्कीले आइतबार नै शोक विज्ञप्ति प्रकाशित गरी मुक्ति के.सीकी ममतामयी आमा हरिमाया के.सीको निधनप्रति दुःख व्यक्त गरेको छ । कास्की काङ्ग्रेसका सभापति एवं सभासद यज्ञबहादुर थापाले विज्ञप्ति प्रकाशित गरी मृतात्माका चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यत्त गरेका छन् ।
Post a Comment