0
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानी र वडा प्रहरी कार्यालय रामबजारको सहकार्यमा चोरी डकैती एवं विकृति विसंगति न्युनिकरण सम्बन्धी सचेतनामूलक घरदैलो कार्यक्रम सम्पन्न भएकोछ । सामुदायिक सेवा केन्द्र माटेपानीका  अध्यक्ष दया बरालको अध्यक्षतामा पोखरा–१४ चाउथे चोकबाट शुरु भएको कार्यक्रममा वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक केशब बहादुर बस्नेत, संस्थापक अध्यक्ष मायादेवी तझ्या, कोषाध्यक्ष सरिता सिग्देल, मेरो नेपाल युवा क्लबका अध्यक्ष हरि जि.सी., कार्य समिति सदस्यहरु आसबिर नेपाली, गुप्त बहादुर कार्की, बिष्णु कार्की, शान्ति देवी पौडेल, प्रहरी ईन्चार्ज प्रहरी सहायक निरीक्षक लाल कुमारी कार्की एवं कार्यरत प्रहरी कर्मचारीहरु, स्वागत टोल विकास संस्था चाउथेका प्रतिनिधिहरुको, मेरो नेपाल युवा क्लबका सदस्यहरुको सहभागितमा पोखरा–१४ चाउथे, मझेरीपाटन, शिवमार्ग, पोखरा–१८ खाल्टेमसिना, देउराली र छिनेडांडा एरियाका २१९ घरधुरीमा हाल बढ्दै गईरहेको चोरी डकैती, लुटपाटका घटनाहरु प्रति सचेत रहन तथा समाजमा ब्यप्त बिकृति बिसंगतीहरुको न्युनिकरण का सम्बन्धमा सचेतना मुलक घरदैलो कार्यक्रम गरिएको थियो । अध्यक्ष दया बरालले सर्बसाधारण जनसमुदाय पनि बढ्दो अपराधिक घटनाहरु प्रति सचेत र सजग हुन पर्ने, बृद्धबृद्धा  बुबा आमाहरुलाई एकान्तमा हिंडडुल नगर्न अनुरोध गर्दै आउने दिनहरुमा पनि समुदायिक सेवा केन्द्र माटेपानीद्वारा सचेतनामूलक कार्यक्रमहरुको निरन्तर रहने बताए । कार्यक्रममा  स्वागत टोल बिकास संस्था चाउथेका सुबेदार देवी बहादुर थापा, बाला सिंह काउछा मगर, समाजसेवी माया बराल लगायतले सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानीले हालै भुकम्पबाट तहस नहस अवस्था, बर्षायामको समयको मौका छोपी बिभिन्न अपराधिक समूहहरुबाट हुन गर्न  सक्ने चोरी डकैती, लुटपाटका घटनाहरुबाट सचेत रहन गरिएको यस कार्यक्रमलाई समय सान्दार्भिक र प्रशंसनीय  भएको बताउंदै यस प्रकारको कार्यक्रमहरुमा युवा क्लब टोल बिकास संस्था, र आमा समुहरु लगायत सबैले साथ दिनु पर्ने बताए । कार्यक्रम सञ्चालन सचिव बल बहादुर कार्कीले गरेका थिए ।यसैगरी सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोक ९ पोखराको आयोजनामा सचेतनामुलक घरदैलो कार्यक्रम सेवा केन्द्रका अध्यक्ष चिरञ्जिवी श्रेष्ठको अध्यक्षतामा पोखरा उपमहानगर पालिका वडा न ८ सिमलचौर स्थित शान्तिमार्ग, प्रतिभामार्ग, आन्नदमार्ग, राष्ट्रबैक मार्ग, अनाममार्गका वडा एरियाहरु मा अन्दाजी ३७ घर धुरीमा अभिलखीकरणसहित चोरी ठगी लुटपाट तथा लागूऔषधको प्रयोगवाट हुने असरवारे सचेतनामूलक पर्चा पम्प्लेट वितरण गर्दै एरियामा वसोवास गर्ने आम नागरिकहरुले झेल्नु परेको समस्याहरुका गुनासाहरु संकलन गर्दै सचेतनामुलक घर दैलो कार्यक्रम गरिएको बताइन्छ ।

Post a Comment

 
Top