गोल्डेन न्यूज संवाददाता
पोखरा विश्व विद्यालयको १२औंैं दीक्षान्त समारोहमा चार हजार बढि विद्यार्थी दीक्षित भएका छन् । बुधबार पोखराको प्रदर्शनी केन्द्रमा सम्पन्न कार्यक्रममा चारवटा आंगिक महाविद्यालय र ५८ वटा सम्वन्धन प्राप्त महाविद्यालयहरु मार्पmत विभिन्न प्राविधिक एवं साधारण विषयमा स्नातक, स्नातकोत्तर, विद्यावारिधि र एमफिल तहमा पढाई सकी उत्तीर्ण भएका तीन हजार नौ सय ३६ विद्यार्थीहरु लाई दीक्षित गरिएको हो । विश्वविद्यालयका कुल ४४ वटा कार्यक्रमहरुमा आंगिक तथा सम्वन्धन प्राप्त महाविद्यालय हरुतर्पm करिब २८ हजार भन्दा वढी विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । समारोहमा विसं .२०७२ सालको ओसिम स्वर्ण पदकवाट कम्प्यूटर एप्लीकेशन स्नातक तहमा सवैभन्दा वढी अंक ल्याउने नमिता बास्तोला र उप–कुलपति पदकबाट विज्ञान तथा प्रविधि संकाय ईलेक्ट्रिकल एण्ड ईलेक्ट्रोनिक्सका भरत लामिछाने र स्नातकोत्तर तहमा सबैभन्दा बढि अंक ल्याउने व्यवस्थापन संकायका उमेश अग्रवाल कुलपति पदकबाट सम्मान गरिएको थियो । लेखनाथमा हुँदै आएको दीक्षान्त समारोहा यस पटक शान्ति सुरक्षा, भूकम्प र बर्षादको समयलाई मध्यनजर राख्दै पोखराको प्रदर्शनी केन्द्रमा राखिएको हो । कार्यक्रममा प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति सुशिल कोईराला आउने कार्यक्रम रहेपनि विशेष कारणले प्रधानमन्त्रीको अनुपस्थितिमा आएका कार्यबाहक सह–कुलपति, वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यले विश्व विद्यालयको कोर्षलाई समयानुकुल परिवर्तन गर्नुपर्नेमा जोड दिए । देशको पुनःनिर्माणमा लाग्नु पर्नेमा जोड दिएका थिए । देशमा विभिन्न किसिमका विपत्तिहरु आउन सक्छन्, त्यसतर्फ ध्यान दिंदै अबको जनशक्तिले त्यस्ता विपत्तिलाई सामान र समाधान निकाल्न सक्नुपर्ने उनको सुझाव थियो । मन्त्री आचार्यले महाभूकम्पले ल्याएको विपत्तिपछि सबै राजनीतिक दलहरु पक्ष र विपक्षमा नलागि एक ढिक्का भएर विपत्तिको सामना गर्नु सुखद् पक्ष भएको टिप्पणी गरेका थिए । यस विपत्तिमा क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा युवाशक्तिको भूूमिका अझ महत्वपूर्ण हुनेमा जोड दिएका थिए । विश्वविद्यालयवाट उपाधि प्राप्त गरेको जनशक्तिले आपूmले पाएको सीप र ज्ञान भूकम्पवाट पीडित जनताको सेवामा लगाउनु पर्नेमा जोड दिंदै उनले भोलिको विपत्तिबाट जोगिन सक्ने खालका भवन निर्माण गर्न जनतालाई सचेत बनाउनु पर्ने बताए । कार्यक्रममा शिक्षाविद् प्रा.डा. केदारभक्त माथेमाले विश्वविद्यालय बाट दीक्षित भइसकेपछि विद्यार्थीहरु भविष्य निर्माणका लागि नयाँं मोडमा उभिएको वताउँंदै विद्यार्थीहरुको मेहनतले नै आत्मवल र नैतिक शक्तिले भविष्य उज्जवल बनाउन सक्ने स्पष्ट पारे । यसअघि पोखरा विश्वविद्यालयका उपकुल पति प्रा.डा. विष्णुराज तिवारीले आपूmले आर्जन गरेको ज्ञान र सीप देशको पुनःनिर्माण र आफनो उज्वल भविष्य निर्माण गर्ने कार्यमा सदुपयोग गर्न सफलता मिलोस भनि शुभकामना दिएका थिए ।
Post a Comment