0
गोल्डेन न्यूज संवाददाता
हिमालयन बुद्व फाउण्डेशन कास्कीले भुकम्प प्रभावित गोरखाको बारपाकस्थित विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । भूकम्प प्रभावित विद्यार्थीहरुको पठन÷पाठनलाई सहज बनाउने उद्देश्यले १५ लाख मुल्य बराबरको शैक्षिक सामाग्री वितरण गरिएको संस्थाका अध्यक्ष तेजकुमार गुरुङले जानकारी दिए । शैक्षिक सामाग्री वितरणका लागि अध्यक्ष गुरुङको नेतृत्वमा उपाध्यक्ष रामप्रसाद अधिकारी, कोषाध्यक्ष विश्व गुरुङ, कानुनी सल्लाहाकार रामचन्द्र त्रिपाठी र कार्यालय प्रमुख ईश्वरीप्रसाद तिवारीको टोली भुकम्प प्रभावित बारपाकका विद्यालयहरुमा पुगेको थियो ।  कार्यक्रममा तनहुँका जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारी, बुद्व फाउण्डेशन जापानका महासचिव योसिकाजु मात्सुमोता, पिसिडी डलासका प्रतिनिधि पासाङ लामा, हिमालयन बुद्व फाउण्डेशनका अध्यक्ष तेजकुमार गुरुङ लगायतले बोलेका थिए ।

Post a Comment

 
Top