0
पोखरा हेमजा, मिलनचोक निवासी दुर्गा के.सी. गृहणी तथा कृषक हुन् । असारको महिना त्यसैमाथि गृहणी कामले उनलाई यतिबेला चटारो छ । काममा जति व्यस्त भएपनि आफ्ना सन्तान तथा घर परिवारको चिन्ता पनि अत्यधिक लाग्छ उनलाई । विशेषगरि आफ्ना सन्तानको स्वास्थ्य र भविष्यवारे उनी सधैं चिन्तित हुने गर्छिन । उनका ९ वर्षीय छोरा अंकित केसी सधैं बिरामीमात्र हुने गरेकाले उपचारको क्रममा हैरानी समेत व्यहोर्दै आइरहेकी छन् । उनी आफ्नो छोराको भरपर्दो उपचार र औषधिका लागि कैयौं ठाउँमा पुगिन् । पोखराका कैयौं नाम चलेका अस्पताल तथा क्लिनिक पुगिन् तरपनि  छोराको भरपर्दो उपचार पाउन सकिरहेकीे छैनन् । उनी छारोको भरपर्दो उपचारको आशा लिएर शनिबार पोखरा–१० इन्द्रचोकमा रहेको पञ्चम आयुर्वेद क्लिनिकमा  पनि आइपुगिन् । पञ्चम आयुर्वेद क्लिनिकले नेपालमै पहिलोपटक शनिबारदेखि शुरु गरेको स्वर्ण विन्दु प्राशनका लागि घरको सबै कामधन्दा छाडेरै आफ्ना छोरा अंकितलाई लिएर त्यहाँ आएकी थिइन । स्वर्ण विन्दु प्रसानको बारेमा उनले पहिलोपटक सुनेकी हुन् । उनले विभिन्न मिडिया मार्फत जानकारी पाएर छोरा लिएर त्यहाँ आएको बताइन । स्वर्ण विन्दुले साइड इफेक्ट गर्छकि ? भन्ने उनको चिन्तालाई डा.विष्णु चापागाइँले स्वर्ण विन्दुको कुनै साइड इफेक्ट नभएको भन्दै आश्वस्त पारिदिएपछि मात्र छोरालाई स्वर्ण विन्दु खुवाउन तयार भइन र स्वर्ण विन्दु खुवाइन आफ्ना छोरालाई । गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै उनले भनिन्–‘मेरो छोरा अंकित सधैं बिरामी पर्ने हुनाले हैरान हुने गरेकी छु । कैयौं कस्पताल र क्लिनिक पुगे तर छोराको उपचार भरपर्दो हुन सकिरहेको छैन । बालबालिकाका लागि पञ्चम आयुर्वेदले नेपालमै नयाँ कार्यक्रम लिएर आएको रहेछ । अब छोराको उपचार भरपर्दो हुने विश्वास लिएकी छु ।’ ‘विज्ञापनमा उल्लेख भए बमोजिमको उपचार हुने र छोराको स्मरण शक्ति वृद्धि लगायतको काम स्वर्ण विन्दुले गर्ने बुझेकी छु । यसले हाललाई खुशी लागेको छ ।’यस्तै पोखरा रामबजार निवासी याम कुमार पुन उमेरले अलि पाका छन् । उनको एउटा खुट्टाले राम्रोसंग काम गर्द सक्दैन तर पनि किराना पसल संचालन गरेर आफ्नो र परिवारको जीविका धानिरहेका छन् । आफ्ना साना बालबालिकाका लागि सधैं चिन्तित छन् उनी । आफ्ना साना बालबालिकाको उपचारका लागि धेरै पटक अस्पताल धाइसके  तैपनि तर पनि भरपर्दो उपचार पाएका छैनन् उनले । भरपर्दो उपचारका लागि शनिबार स्वर्ण विन्दु खुवाउन आफ्ना दुई सन्तान बोकेर पञ्चम आयुर्वेद क्लिनिकमा आए उनी । ‘बच्चाहरु स्कूल पढ्दै छन् । स्वर्ण विन्दु खाएमा बच्चाको स्मरण शक्ति बढाउने, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने लगायतका कार्य स्वर्ण विन्दुले गर्नेै खबर पहिलो पटक पढेर आएको हुँ’–उनी भन्छन् । हेमजाकी केसी र रामजारका पुन जस्तै शनिबार पोखरा तथा आसपासका करिब ३ सय अभिभावक आफ्ना सन्तानको संवृद्धि, सुस्वास्थ्य र दीर्घायूको आशा दिएर पञ्चम आयुर्वेद क्लिनिकमा आई स्वर्ण विन्दु खुवाए । स्वर्ण विन्दुको बारेमा भने उनीहरुले केही बुझेका भने छैनन् । मनमा केही शंका लिएरै भएपनि उनीहरुले आफ्ना सन्तानलाई स्वर्ण विन्दु खुवाए । सबै अभिभावकको मनमा भएको स्वर्ण विन्दुवारेको शंका  हटाउँदै स्वर्ण विन्दु बारे सोध अध्ययन गरिरहेकी गण्डकी अञ्चल आयुर्वेद औषधालयकी प्रमुख तथा कार्यक्रम संयोजक डा. शुभद्रा कार्कीले स्वर्ण विन्दुमा कुनै साइड इफेक्ट नभएको बताइन । स्वर्ण विन्दु बारे सुक्ष्म रुपमा जानकारी दिंदै उनले भनिन्–‘आयुर्वेद चिकित्सकका अनुसार स्वर्ण (सुन), विन्दु (थोपा), प्राशन (खुवाउनु) अर्थात सुन जस्तै मूल्यवान थोपा खुवाउने प्राचीन पद्धतिलाई स्वर्णविन्दु प्राशन संस्कार भन्ने गरिन्छ । त्रेतायुगमा महर्षि कश्यपद्वारा बच्चाको स्मृति, वुद्धि एवं रोगप्रतिरोधात्मक क्षमता बढाउनका स्वर्णविन्दु प्राशन गराएको धर्मशास्त्रहरुमा पाइन्छ ।’ स्वर्णबिन्दु प्राशनले बालबालिकाहरु लाई संक्रमणजन्य रोगहरुबाट बचाउनुका साथै बच्चाहरुको शारीरिक क्षमतामा वृद्धि गराउने उनले बताइन । स्वर्णविन्दु प्राशनले बालबालिकाको ग्रहण शक्ति तथा सोच्ने क्षमतामा बृद्धि, भोजन पाचन क्षमतामा वृद्धि, त्वचामा प्रभाव एवं ंओजन वृद्धि, मोटोपन, कुपोषण, सिक्ने कुरामा कमि, बच्चाको वृद्धि विकासमा समस्या, विभिन्न किसिमका एलर्जी जस्ता रोगहरुका लागि अत्यन्त उपयोगी हुने डा. कार्कीले स्पष्ट पारिन् । बच्चाहरुको स्वास्थ्य रक्षाका लागि अत्यन्त उपयोगी रहेको स्वर्णप्राशन महिनामा एक पटक विशेष नक्षत्र (साइत) पारेर सेवन गराइन्छ भने ६ महिनादेखि १६ बर्षसम्मका बच्चाहरुलाई चिकित्सकको सल्लाहमा सेवन गराइने उनले बताइन ।  कार्यक्रमका प्रमुख अतिथि क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियाले मानिस आफ्नै कारणले समस्यामा पर्ने र समाधार पनि आफैले गर्ने भन्दै कसैले पनि आफ्नो स्वास्थ्यप्रति हेलचक्र्याइँ गर्न नहुने बताए । बच्चा गर्भमा रहेदेखि १ हजार दिनसम्म बच्चा र आमा दुवैले स्वर्ण दिनको रुपमा बुझ्न सकै बालबालिकाको भविष्य उज्वले हुने उनले बताए । उनले आधुनिक मेडिकल औषधिले ठीक गर्न नसकेका रोगहरु आयुर्वेद चिकित्सा पद्धतिमार्फत भएकोमा खुशी व्यक्ति गर्दै आफूले पनि मेडिकल उपचार छाडेर होमियोप्याथिक उपचार गर्नतर्फ लागेको बताए । त्यस अवसरमा उनले पञ्चम आयुर्वेद क्लिनिकद्वारा प्रकाशित ‘आरोग्य–पञ्चामृत’ स्मारिकाको विमोचन गरेका थिए । कार्यक्रममा पञ्चम आयुर्वेद क्लिनिकका प्रवन्ध निर्देशक डा. विष्णु चापागाइँ एवं ब्रम्हाकुमारी शोभाले समेत आ–आफ्नो भनाइ राखेका थिए ।

Post a Comment

 
Top