गोल्डेन न्यूज संवाददाता
मुक्तिनाथ विकास बैंक लिमिटेडको विशेष साधारण सभा आईतवार सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष मिन प्रसाद गुरुङ्गको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा मुक्तिनाथ विकास बैंक लिमिटेडले धादिङ्ग जिल्लामा केन्द्रीय कार्यालय रहेको सिभिक डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्न अन्तिम सहमतिको प्रस्ताव पारित भएको छ । यसैगरी साधारण सभामा बैंकलाई एक राष्ट्रिय स्तरको विकास बैंकमा परिणत गर्ने प्रस्ताव परित भएको छ । तत्पश्चात राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेपछि बैंकले मुक्तिनाथ विकास बैंक लिमिटेडको नामबाट एक राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कारोवार गर्ने छ । साधारणसभामा बैंकका अध्यक्ष मिन प्रसाद गुरुङ्गले २०७२ वैशाख १२ गते र २९ गते गएको भूकम्प र त्यसपछि पटक–पटक गएका पराकम्पनहरुले देशको विभिन्न ठाउँमा अकल्पनीय जनधनको क्षति बनाएकोमा पीडित परिवारका सदस्यहरुलाई मुक्तिनाथ विकास बैंक लिमिटेड तथा बैंकमा कार्यरत कर्मचारीहरुको तर्फवाट सङ्कलन गरिएको राहत रकम रु. १० लाख ७ हजार ७७ रुपैयाँ मात्र प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्न नेपाल सरकारका अर्थमन्त्री डा. रामशरण महतलाई हस्तान्तरण गरेका थिए ।
Post a Comment