गोल्डेन न्यूज संवाददाता
भूकम्पका कारण ठप्प बनेको मुस्ताङको पर्यटन क्षेत्र तङ्ग्रिदै जान थालेको छ । जेठको दोस्रो सातादेखि यहाँ विस्तारै पर्यटक आउन थालेको पर्यटन व्यवसायीले जानकारी दिएका छन् । भूकम्प अघि दैनिक एक हजारको हाराहारीमा भित्रिने गरेका पर्यटक त्यसपछि आउन छाडेका थिए । बुकिङ रद्द गरेपछि यहाँका होटल सुनसान बनेका थिए ।
Post a Comment