गोल्डेन न्यूज संवाददाता
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेका अध्यक्ष सुवोधराज प्याकुरेलले नागरिकको दीर्घकालीन आवास राज्यको अग्राधिकार भित्र पर्नुपर्ने र व्यक्तिको निजी सम्पत्ति भनेर मनपरि गर्ने होइन भन्नेकुराको सुनिश्चित गर्नु पर्ने बताए । उनले यसका लागि राज्यको स्पष्ट नीति सहित कानुनी व्यवस्थाको आवश्यकता औल्याए । भूकम्प पुगेको क्षति र यसको त्रासदी कायमै भएपनि राजनीतिमा यसको सकारात्मक प्रभाव परेको उनले बताए । भुकम्पले पुगेको क्षतिबाट आम नागरिकमा ज्ञान र सचेतना पुगेको भन्दै पीडितको उद्धारसंगै मुलुकमा संविधान जारीगर्नका लागि दलहरु प्रतिवद्ध रहनु सकारात्मक संकेत भएको उनले बताए । इन्सेक पोखराद्वारा आयोजित नागरिक समाजका प्रतिनिधिसंगको भेटघाट तथा छलफल कार्यक्रमा बोल्दै इन्सेकका अध्यक्ष प्याकुरेलले संकटका वेलामा राज्यप्रति पीडितले विश्वासगर्न सक्ने वातावरण बन्न नसक्दाँ समस्या जटिल बन्दै गएको बताए । उनले राज्यलाई कमजोर हुन नदिन नागरिक समाज, सञ्चारकर्मी, बुद्धिजीवी,राजनीतिक दल सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । दातृ निकायबाट प्राप्त हुने सहयोग पारदर्शी र त्यसको प्रयोग व्यवस्थित हुनु पर्नेमा उनको जोड थियो । मुलुकको संकट सम्बोधनका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्ने दलहरुको सवालमा उनले दुईतिहाईको सरकार कानुनी रुपमाआफैमा राष्टिय सरकार भएको चर्चा गरे । राष्टिय सरकार भन्दा नागरिकलाई प्रभावकारी काम गर्ने र कानुनी शासनको प्रत्याभूति दिलाउन सक्ने असल सरकारको आवश्यकता रहेको बताए । सत्य निरुपण आयोगले द्धन्द्ध पीडितलाई न्याय दिलाउन सहयोग पुग्नेमा तथा सर्वोच्च अदालतले गरेको फैसला बमोजिम वेपत्ता आयोग गठन हुनेमा आशावादी रहेको बताए । कार्यक्रममा पोखरास्थित नागरिक समाज, सञ्चारकर्मी, कानुन व्यवसायी, मानवअधिकारकर्मी लगायतको सहभागिता थियो ।
Post a Comment