0
भूकम्प प्रभावितहरुलाई सहयोगका लागि कास्की रेडक्रसमा नगद संकलन हुने क्रम जारी छ । पछिल्लो क्रममा नेपाल जुनियर रेडक्रस सर्कल अमरसिंह उच्च मा.वि., कक्षा ९ का विद्यार्थीबाट २ हजार २ सय रुपैयाँ, नेपाल जुनियर रेडक्रस सर्कल वेथानी उच्च मा.वि., पोखरा–१० बाट १ हजार ५ सय ३५ रुपैया, नेपाल जुनियर रेडक्रस सर्कल स्टेपवाई स्टेप उच्च मा.वि., पोखरा–७ बाट १० हजार १ सय रुपैया प्राप्त भएको छ ।
यसैगरी नेपाल जुनियर रेडक्रस सर्कल रत्नशोभा उच्च मा.वि., माझठानाबाट १ हजार २ सय र नेपाल जुनियर रेडक्रस सर्कल र सनफ्लावर वोर्डिङ स्कुल, पोखरा–३ बाट २ हजार रुपैया प्राप्त भएको रेडक्रस कास्कीका कोषाध्यक्ष धर्मराज अधिकारीले गोल्डन न्यूज दैनिकलाई जानकारी दिए । हालसम्म ३३ लाख ३२ हजार ८ सय रुपैयाँ भूकम्प प्रभावितहरुका लागि सहयोग भएको छ । पहिलो चरणमा राहत वितरणको कार्य सकिएको शाखाका मन्त्री कृष्ण तिमिल्सिनाले जानकारी दिए । भूकम्पले असर गरेका घरहरुमा वर्षाले थप क्षति पु¥याउन सक्ने भएकाले कास्की रेडक्रसले ५ सय परिवारलाई  पुग्ने राहत सामग्री मोज्दात गर्न लागिएको सभापति वामदेव ढुङ्गानाले बताए । यसका लागि टेण्डर मार्फत त्रिपाल, कम्वल र खाद्यन्न खरिद गर्ने प्रक्रिया अघि बढाएको रेडक्रस कास्कीले जनाएको छ ।

Post a Comment

 
Top