0
युवा खेलाडी प्रदिप खड्काले पोखरा रंगशालामा जारी आरएमसी पोखरा ओपन टेनिस प्रतियोगितामा उत्कृष्ट प्रर्दशन जारी राख्दै मेन्स सिंगल्स ‘बि’ को फाइनलमा पुगेका छन् । बिहीबारको सेमिफाइनलमा उनले बलिया प्रतिद्वन्दी राजेन्द्र महर्जनलाई पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएका हुन् । महर्जनविरुद्धको खेलमा उनले २–६, ६–४ र १०–८ को कठिन नतिजा निकाले । अर्को सेमिफाइनलमा लोक गुरुङ्गले सुनिल श्रेष्ठलाई ६–३, ६–१ को सेटमा पराजित गर्दै खड्कासंगको उपाधि भिडन्त निश्चित गरे । स्काइ माउण्ट टेनिस क्लवको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत पुरुष एकलको ‘ए’ क्याटोगोरीतर्फ अनिल शाहिले चन्द्र लामालाई ६–३,६–३ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरे । सेमिफाइनलमा उनी धरमसिंह लामिछानेसंग प्रतिस्र्धा गर्नेछन् । त्यस्तै, नविन मगरले राजु श्रेष्ठसंगबाट वाकओभर पाउँदै सेमिफाइनल पुगे । सेमिफाइनलमा उनको भेट विकास गुरुङ्गसंग हुने छ । ‘ए’क्याटोगोरीकै डबल्सतर्फ धरमसिंह र गोपीबहादुर भट्टराईको जोडीले अनिल तुलाचन र समिर शेरचनको जोडीलाई ६–३, ६–३ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरे । यो जोडीले यसअघि क्वाटरफाइनलमा नविन मगर र कुमार गुरुङ्गको जोडिीलाई ७–५, ७–५ ले पराजित गरेको थियो । त्यसैगरि शक्ति शर्मा र शरण गुरुङ्गले पनि लोक गुरुङ्ग र राजन पौडेलको जोडीलाई ७–६, ६–२ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए । डबल्सको ‘बि’ क्याटोगोरीमा नविन श्रेष्ठ र शरण गुरुङ्गले बसन्त प्रधान र शान्ता श्रेष्ठको जोडिमाथि ७–५ र ६–२ को नतिजा निकाल्दै फाइनलमा पुगे भने पृथ्वीमान गुरुङ्ग र प्रदिप खड्काको जोडीले दिपेन्द्र गहतराज र हरि सिग्देलको जोडिलाई ७–५ र ६–२ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको प्रचार–प्रसार संयोजक नविन श्रेष्ठले जानकारी दिए । शनिबारसम्म चल्ने प्रतियोगितामा एकलतर्फको विजेताले नगद १० हजार र उपविजेताले ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् भने अन्य इभेण्टका विजेताले नगद ५ हजार र उपविजेताले ३ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक राजेन्द्र प्रसाद घिमिरेले जनाए ।

Post a Comment

 
Top