गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं. १९ लामाचौरमा रहेको ऐतिहासिक ठूली पोखरीको संरक्षण कार्यसँगसगै पूनःनिर्माण सुरु भएको छ । संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको पोखरीको पूर्ननिर्माणका लागि संस्था नै गठन गरेर काम सुरु गरिएको छ । संस्थाको सम्पर्क कार्यालयको उद्घाटनसँगै पूनःनिर्माणको शिलान्यास गर्दै प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार बाबुराम आचार्यले ऐतिहासिक सम्पदाको संरक्षण नगरिए त्यस क्षेत्रको पहिचान नै हराउने बताए । लामाचौरको पर्याय बनेको ठूली पोखरीको पूनर्निर्माणले त्यस क्षेत्रमा थप जागरण ल्याउने उनको भनाई थियो । सल्लाहकार आचार्यले त्यस क्षेत्रको विकासका लागि सरकारको ध्यानाकर्षण गराउने आश्वासन दिएका छन् । विकास संस्थाका अध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत उदय रानामगरले ऐतिहासिक क्षेत्रको संरक्षणका लागि नगरपालिकाले छुट्टै कार्यक्रम बनाउनुपर्ने बताए ।कार्यक्रममा संस्थाका उपाध्यक्ष पुष्पेन्द्र पाण्डे, सचिव सविन जि.सी लगायतले ठूली पोखरीको ऐतिहासिक महत्वका बारेमा जानकारी दिएका थिए । संस्थाका अध्यक्ष नरेन्द्र थापाले पूर्ननिर्माणका लागि सहयोग गर्न आग्रह गरे । सरकारले ५ लाख, पोखरा उपमहानगरपालिकाको ३ लाख, सांसद विकास कोषबाट १ लाख, र स्थानीय जनश्रमदान गरी कूल ११ लाख रुपैँयाको लागतमा पूनर्निर्माण गरिने बताइएको छ ।
Post a Comment