गोल्डेन न्यूज संवाददाता
‘वास्तवमा हजूर यो वर्ष भूकम्प मलाई पो आयो । सबैले भूकम्पको केन्द्रविन्दु गोर्खाको वारपाक र सिन्धुपाल्चोक भन्छन् तर म पोखराको महेन्द्रपुलमा नै भएको मान्छेको मुटुमै भूकम्प आएको कसले देख्ने हजुर,’ उनले भने । यो कथन पोखराको महेन्द्रपुलका एक व्यापारी विद्यानन्द यादवको हो । छोराको माया पिरतिमा केटीको तर्फबाट प्रयोग गरिएका टोले गुण्डाहरुले उनको ६ लाख रुपैयाँ असुलेपछि विद्यानन्दको जीवनमा भूकम्प आए जस्तै भएको हो । वर्षभरिमा अर्काको सटरमा व्यापार गर्दा ६ लाख कमाई हुँदैन । तर, छोराको डण्डा तिराएर गुण्डाहरुले झोली तुम्वा भिराएको उनले बताए । उनका १७ वर्षीया छोराको गोर्खाबाट पोखरा आएर बसेकी एक जना युवतीसँग प्रेम थियो । फेसबुकवाट सुरु गरेको माया पिरति करिब ६ महिनासम्म चल्यो । त्यसपछि उनका छोराले युवतीलाई बिहे गर्ने प्रस्ताव गरे । तब ति युवतीले विवाहको प्रस्तावलाई अस्वीकार गरिन् । ति युवतीले ति युवाको धेरै पैसा तीन महिनामा खाइदिईन् । युवतीले प्रेम छुटाउने प्रयत्न स्वरुप गुण्डा प्रयोग गरिन् । युवतीले टक्सन गाडीमा सात जना गुण्डाहरु ल्याएर बाबुको पसल घेरिन् । बाबु विद्यानन्द चुपचाप भए । तब उनीसँग पैसाको बार्गे्निङ भयो । छोराले बिहे नै गर्छु भन्यो । तर, युवतीले मानिनन् । उनले गुण्डा लगाइन, मैले क्रण काढेर त्यो पैसा तिरेँ । जिल्ला प्रहरी कार्यालय कास्कीमा परको यो केसमा प्रहरीले समेत तपाईहरु उतै मिलेर आउनहोस भनेको उनले बताए । मिलेर आएका केसमा प्रहरीले सहजै छुट्कारा दिने बताएपनि गुण्डाले रकम असुली गरिसकेपछि हुने मेलमिलापमा शंका रहेको बताइन्छ । कास्कीका प्रहरी प्रवक्ता केदार रजौरेले झगडाका दुवै पक्ष मिलेपछि अन्य कुरातिर प्रहरीको चासो नरहने बताउँछन् । लेनदेनका कुरामा प्रहरीले भने अस्वीकार गर्दै आएको छ । तर, युवतीले गुण्डा प्रयोग गरी कुनै होटलको कोठाभित्र मोटो रकम असुली गरेर हुने मेल मिलापमा प्रहरी समेत मौन रहनुलाई शंकाको घेरामा राखिएको छ ।विद्यानन्द त एक पात्र मात्र हुन् पोखरामा यस्ता सोझा युवाहरुलाई फसाएर टोले गुण्डा प्रयोग गरी रकम अशुल्ने युवती धेरै भएको लेखनाथका राममोहन तिवारीले वताए । सहरमा आएका युवतीहरुले बढी जसो मधेशी मूलका युवाहरुलाई फसाउने गरेको पाइएको छ । टोले गुण्डा नियन्त्रणमा कडा कदम चाल्ने योजनासहित अगाडि बढेको कास्की प्रहरीलाई माया प्रेमका मुद्दामा चुनौती थपेको नागरिकको गुनासो छ ।
Post a Comment