0
गोल्डेन न्यूज संवाददाता
एड्भोकेसी फोरम नेपाल पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको पोखराको आयोजना तथा रेडियो सफलता, मनोसामाजिक मनोविमर्श मञ्च, महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीको समन्वय साथै भूकम्प पीडित पुनःनिमाण तथा राहत समिति र बारपाक महिला समूहको व्यवस्थापनमा गोर्खाको बारपाकमा मनोसामाजिक सुरक्षा सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ३ दिने अभिमुखीकरण कार्यक्रममा विभिन्न उमेर समूहका बालबालिका, महिला, शिक्षक–शिक्षिका तथा राजनितिक दलका प्रतिनिधि र सामाजिक व्यक्तित्वलाई छुट्टाछुट्टै अभिमुखीकरण गरिएको हो । कार्यक्रममा बारपाक गाविसको वडा नम्वर ४ देखि ९ सम्मका भुकम्प प्रभावितहरुको उल्लेख्य सहभागिता रहेको थियो । वैशाख १२ गते गएकोे भुकम्पको मुख्य केन्द्रविन्दु बारपाकमा प्रयाप्त राहत पुगेपनि यस्तो किसिमको मनोसामाजिक परामर्श पहिलो पटक भएकोमा स्थानीय नागरिक तथा सहभागिले खुसी व्यक्त गरेका थिए । स्थानीय नागरिक तथा कृषि व्यवसायी शितल गुरुङ्गको पहल तथा रेडियो सफलताको समन्वयमा कार्यक्रम भएको हो । एड्भोकेसी फोरम नेपालका पश्चिमाञ्चल संयोजक तथा महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष सरलाकुमारी पाण्डेले अभिमुखीकरण कार्यक्रम उपलव्धिमूलक रहेको बताइन । मनोविमर्शकता गीता पौडेल र विना पुनले अभिमुखीकरण को सहजीकरण गरेका थिए ।

Post a Comment

 
Top