0
गोल्डेन न्यूज संवाददाता
नेपाल रेडक्रस सोसाइटी उपशाखा १०, ११ को व्यवस्थापन र समन्वयमा तमु समाज युकेको सहयोगमा लमजुङ्गको ४ गाउँमा २ सय १० थान त्रिपाल वितरण गरियो । कार्यक्रममा प्रमुख अतिथि तमु समाज युकेका उपाध्यक्ष शिवचन्द्र गुरुङ्गले नेपालीलाई परेको दुःखको समयमा तमु समाज जस्ता विदेशमा खोलेका संस्थाले नेपालको गाउँगाउँमा परेको समस्या समाधानमा केही राहत पुगोस् भनि गण्डकी अञ्चलको ३ वटा जिल्ला गोरखा, लमजुङ्ग र कस्कीमा १५ लाखको राहत वितरण गर्ने निर्णय गरी गोरखाको सौरेपानीमा ३ सय ८ परिवारलाई खाद्यान्न, लमजुङ्गको ४ वटा गाविसमा २ सय १२ थान त्रिपाल वितरण गरिएको र असार २ गते कास्कीको लान्द्रुकमा ४ लाख नगदै बाँड्ने बताउँदै राहत वितरणमा अझै तमु समाजले विकट क्षेत्रमा सहयोग गर्ने बताए । कार्यक्रम नेरेसो जिल्ला शाखा कास्कीको समन्वय, नेरेसो जिल्ला शाखा लमजुङ्गको सहयोग, आर्वाविजय उपशाखा, वन्सार हिले गाविस कर्याालय पूर्व गाविस अध्यक्ष समेतको उपस्थितिमा राहत  वितरण गरिएको नेरेसो रेडक्रस उपशाखा १०,११ विपद् व्यवस्थापन समिति संयोजक रीता आचार्यले हिले टक्सारमा १० थान, टक्सारमा १७ थान, भाचोकमा २४ थान र वन्सार हिलेमा १ सय ६९ थान गरी २ सय १२ थान त्रिपाल वितरण गरेको  बताए । कार्यक्रममा राहत लिई युके र पोखराबाट वन्सर हिलेमा आएका पाहुनालाई दोरदी आमा समूह वन्सार, हिमालय आमा समूह वन्सार, मिलन आमा समूह वन्सारका टोलीले टिका, फूलमाला र खादाले स्वागत गरेको उक्त राहत वितरण कार्यक्रममा वन्सार हिले गाविसका सचिव टिका कुमारी ढकाल, नेरेसो जिल्ला शाखा लमजुङ्गका कर्मचारी लेखराज अधिकराी, वन्सार हिलेका समाजसेवी खुमबहादुर गुरुङ्ग, समाजसेवी अन्नपूर्ण गुरुङ्ग, धिरज गुरुङ्ग, हिम बहादुर गुरुङ्ग र पूर्व गाविस अध्यक्ष दलबहादुर गुरुङ्ग लगायतले आ–आफ्नो धारणा राख्दै युकेदेखि गाउँसम्म राहत वितरण गर्न आइ थोरै भएपनि गाउँलेहरुको सेवा गरेकोमा धन्यवाद दिए । कार्यक्रममा वन्सार हिलेका राहत वितरण समिति संयोजक एवम् समाजसेवी टिकाराम घलेले स्वागत मन्तव्य राखेको कार्यक्रममा नेरेसो उपशाखा १०, ११ का सभापति सम्मरबहादुर श्रेष्ठले देश विदेशबाट आएका राहतलाई छिटो छरितो तरिकाबाट गाउँसम्म पु¥याउनुपर्ने बताउँदै लमजुङ्गका चिती प्रहरी चौकीका इन्चार्जले राहत बोकेको गाडी गाउँसम्म जान दिने र बाँड्न जाने व्यक्तिलाई चिती नआउन्जेल रोक्ने कार्य गरेकोमा दुःख व्यक्त गर्दै मानिस रोक्नु भन्दा सामानलाई रोक्नुपर्ने बताउँदै दुःख सुख जहिले पनि सहयोग गर्न तत्पर रहेको बताए । नेरेसो उपशाखा १०, ११ का १० जना सदस्यको सहभागिता रहेको कार्यक्रमको संचालन सचिव सूर्य बानियाँले गरेका थिए ।

Post a Comment

 
Top