0
गोल्डेन न्यूज संवाददाता
पोखराको नयाँवजारमा रहेको उन्नती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गएको वैशाख १२ र २९ गतेको महाभुकम्प तथा त्यसपछिका पराकम्पनहरुमा परि प्रभावित बनेका नेपालीहरुको सहयोगको लािग मंगलवार दैवि प्रकोप उद्धार राहत कोषमा ५० हजार ५१ रुपैयाँ जम्मा गरेको  छ । देशमा आइपरेको विपत्तिमा सवैको सानो सहयोगले थोरै भएपनि राहत पुग्ने ठानेर संस्थाका संचालक समिति, सल्लाहकार, लेखा समिति, कर्जाउपसमिति एवं कर्मचारीहरु वाट संकलित रकम कोषमा जम्मा गरेको उन्नती वचत तथा ऋण सहकारी संस्थाका महाप्रवन्धक भगवान भट्टराईले जानकारी दिए ।

Post a Comment

 
Top