गोल्डेन न्यूज संवाददाता
जिल्ला जनस्वास्थ्य कार्यालय कास्की तथा उज्यालो भविष्य नेपाल मेरी प्रजनन् स्वास्थ्य सेवा केन्द्रले पोखराको लामाचौरमा सञ्चालन गरेको निःशुल्क अस्थायी वन्ध्याकरण शिविरमा ३४ जना महिलाले सेवा लिएका छन् । पोखरा उपमहानगर पालिका वडा नं १९ को वडा कार्यालय र सोही वडाको घार्माीमा गरी दुई दिनसम्म शिविरमा १९ महिलाले आइयुसीडी र १५ जना महिलाले इम्लान्टको सेवा लिएका छन् । यी दुवै सेवा परिवार नियोजनका अस्थायी साधन हुन् । शिविरमा मेरी प्रजनन् स्वास्थ्य सेवा केन्द्रका स्टाफनर्स अन्जना भण्डारीको नेतृत्वमा एक प्राविधिक टोली खटिएको थियो । जन्मान्तर राख्न चाहने दम्पत्तीलाई घर आँगनमै परिवार नियोजनका अस्थायी साधनहरुको पहुँच बढाउन शिविर सञ्चालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागरप्रसाद घिमिरेले बताए ।
Post a Comment