एसिड आक्रमणमा परेर गम्भिर घाईते भएसँगै हस्पिटलबाटै एसएलसी परीक्षा दिएकी संगीता मगरले लिखित परीक्षामा कुनै नम्बर प्राप्त गर्न सकिनन् । परीक्षा नियन्त्रण कार्यालयको आधिकारीक वेभसाईडमा उनले परीक्षा दिएका विषयहरुमध्ये लिखितमा कुनै नम्बर उल्लेख छैन तर प्राक्टिकलमा भने उनले कुल १०० अंक पाएकी छिन् । एलएलसी परीक्षाको नतिजा प्रकाशित हुनासाथ विभिन्न सञ्चारमाध्यम र साथीभाईवाट पास भएको खबर सुन्नासाथ निकै खुसी भएकी संगीता केही छिनमै ‘नम्बर उल्लेख छैन तर प्राक्टिकलमा भने उनले कुल १०० अंक पाएकी छिन् । एलएलसी परीक्षाको नतिजा प्रकाशित हुनासाथ विभिन्न सञ्चारमाध्यम र साथीभाईवाट पास भएको खबर सुन्नासाथ निकै खुसी भएकी संगीता केही छिनमै ‘नम्बर भेटिएन’ भन्ने टेलिफोन कलले निराश बनिन् । ‘परीक्षा ठीकै भएको थियो तर खै कसरी यस्तो रिजल्ट आयो !’ आश्चार्य मान्दै संगीताले भनिन्–‘गणित हल्का गाह्रो भएको थियो अरु विषयको परिक्षा त त्यस्तो बिग्रेको जस्तो लागेको थिएन् ।’ राजधानिको सिनामंगलस्थित केएमसी हस्पिटलको बेडबाटै एसएलसी दिएकी संगीताले शुक्रवार आफु फेल भएको खबर पाउनासाथ सँगै ट्युशन पढ्न जाँदा एसिड आक्रमणमा परेकी सीमालाई फोन गरिन् । फोनमा सिमासँग उनी भन्दै थिईन–‘रिजल्ट हुनासाथ हामी दुवैको प्रथम श्रेणीमा देखाएको थियो रे,अहिले फेरी देखाएको छैन भन्छन किन यस्तो भयोहोला ?’ करिब एक साता अघिमात्रै हस्पिटलवाट डिस्चार्ज भएकी संगीताले शान्ति निकुञ्ज माबिको कक्षा ९ मा अध्ययनरत सोनाम तामाङको सहयोगमा परिक्षा दिएकी थिईन् । उनको लिखितमा कुनै नम्बर नआएको बारे प्रतिक्रिया दिँदै परीक्षा नियन्त्रक विष्णु बहादुर द्वारेले भने–‘प्राविधीक कारणले नम्बर छुटेको रहेछ भने आईतवार हेरिदिन्छौं ।’ उनले संगीताका परिवारलाई आईतवार परिक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन् । संगीतालाई पास भएपछि राजधानीको नयाँ बानेश्वरमा अवस्थित नोवल एकेडेमीले निःशुल्क पढाईदिने घोषणा गरेको थियो । एसएलसी उत्तीर्ण भएपछि विज्ञान विषय लिएर पढ्ने तयारीमा रहेकी संगीताको त्यो चाहना भने तत्कालका लागि अपुरो भएको छ । भन्छिन्–‘भविष्यमा डाक्टर बन्ने सपना थियो,तर यस्तो रिजल्ट आउँदा निकै दुःख लागेको छ ।’
Subscribe to:
Post Comments (Atom)
Post a Comment