गोल्डेन न्यूज संवाददाता
भूकम्प र प्राकृतिक विपत्ति जस्ता विषयलाई विद्यालयस्तरको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा एक अन्तरक्रिया कार्यक्रमका सहभागीले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालय,पोखराद्वारा विहिवार आयोजना गरिएको भूकम्पले विद्यालयमा पु¥याएको क्षति, पुनःनिर्माण र सरोकारवाला निकायको भूमिका विषयक कार्यक्रममा सहभागीले भूकम्प जस्ता प्राकृतिक विपत्तिको बारेमा बालबालिकालाई विद्यालयस्तरबाट जनचेतना पु¥याउनु पर्ने बताए । प्राकृति विपदको बारेमा पूर्व तयारी र सचेतनाको अभावमा भूकम्पपछि बालबालिकामा मनोसामाजिक त्रास उत्पन्न भएको, बालबालिकादेखि वयस्क समेत त्रसित भैरहेको तथा पूर्व तयारी नहुदाँ भूकम्पबाट ठूलो क्षति भएको भन्दै सहभागीले अवको पुनःनिर्माण गर्दा स्पष्ट मापदण्ड बनाई भूकम्प प्रतिरोधी संरचना बनाइनुपर्ने बताए । पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक बैकुण्ठ अर्यालले भूकम्पपछि समाजमा सकारात्मक सन्देश प्रवाह भएको भन्दै बालबालिकामा परेको मनोसामाजिक त्रास हटाउनका लागि शिक्षा मन्त्रालयले शिक्षकलाई तालिम दिई विद्यालयस्तरबाट मनोसामाजिक परामर्श सञ्चालन गरिने बताए । उनले क्षति पुगेका विद्यालयमा जस्तापाताको प्रयोग गरी अस्थाई पुनःनिर्माणका लागि ३५ हजारदेखि ३ लाखसम्म बजेट विनियोजन गरिएको जानकारी दिए । उनले सरकारले तोकेको मापदण्ड र स्थानमा मात्र पुनः निर्माणका लागि दाता एवम् सहयोगीलाई भौतिक संरचना निर्माणका लागि अनुमति दिने बताए । निर्देशक अर्यालले शिक्षा विभाव विपत्तबाट बच्नेगरी विद्यालय स्तरको पाठ्क्रम निर्माणको तयारीमा जुटेको समेत जानकारी दिए । कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी दामोदर सुवेदीले भूकम्पले कास्कीका १ सय ६४ विद्यालयमा क्षति पुगेकोमा ४२ विद्यालयका १ सय ५ कक्षाकोठा पूर्ण रुपमा क्षति भएको बताउँदै विभिन्न संघ संस्थाको सहयोगमा २६ विद्यालयमा ७४ ओटा अस्थाई कक्षाकोठा निर्माण गरिएको बताए । उनले भूकम्पपछि विद्यालय छाड्ने र विद्यार्थी थपिनेक्रम बढेको भन्दै बालबालिकामा परेको मनोसामाजिक त्रास कमगर्नका लागि मनोसामाजिक परामर्श जरुरी रहेको बताए । नेपाली कांग्रेसका सचिव युवराज कुँवरले मापदण्ड विपरितका भौतिक संरचनाका कारण ग्रामिण भेगका भन्दा शहरी क्षेत्रका बालबालिका बढी असुरक्षित र त्रसित भएको बताए । नेकपा एमालेका सचिवालय सदस्य तेजनारायण अधिकारीले बालबालिकालाई तनावमुक्त हुने गरी शैक्षिक वातावरण तयार गर्नका लागि सरोकारवाला निकायले ऐक्यवद्धता जनाउनु पर्ने बताए । कार्यक्रममा वरिष्ठ मानव अधिकारकर्मी टेकनाथ बराल, जिल्ला कृषि विकास अधिकृत रमेश प्रसाद कोइराला, जिल्ला जनस्वाथ्य कार्यालयका अधिकृत बोधराज सुवेदी, सिविनका अध्यक्ष माधव प्रधान, गैसस महासंघका उपाध्यक्ष उपाध्यक्ष पदम पाहारी, मानव अधिकार संरक्षण मञ्चका अध्यक्ष कमलप्रसाद अर्याल, अनेरास्ववियु छैठौंका जिल्ला अध्यक्ष गणेश अधिकारी, नेपाल विद्यार्थी संघका अध्यक्ष सरोज केसी, अनेरास्ववियु कास्की अध्यक्ष शेखर गौतम, अनेरास्ववियु क्रान्तिकारीका कृष्णराज दाहाल,मानव अधिकार निगरानी समूहका संयोजक कृष्ण प्रसाद बराल, राइट फर चिल्डेनका केशु भुजेल,पत्रकार दिनानाथ बराल लगायतका सहभागीहरुले विद्यालयमा शैक्षिक बातावरण निर्माण गर्न शैक्षिक निकायको भूमिका बढाउनुपर्ने धारणा ब्यतm गरेका थिए । इन्सेकका पश्चिमाञ्चल क्षेत्रीय संयोजक शिव खकुरेलको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक पोखराकी कार्यक्रम फोकल पर्सन संयोजक सवनम शर्माले स्वागत तथा इन्सेक पोखराका टंक खनालनले कार्यक्रम सञ्चालन गरेका थिए ।
Post a Comment