0
सहकारी अभिमुखिकरण तथा उत्प्रेरणा तालिम पोखरामा हालै सम्पन्न भएको छ । कास्की जिल्ला भर कार्यक्षेत्र भएको जयमनकामना बचत तथा ऋण सहकारी संस्था लि. पो.उ.म.न.पा १९ लामाचौरको आयोजनामा ५ दिने सहकारी अभिमुखिकरण तथा उत्प्रेरणा तालिम सम्पन्न भएको हो ।  संस्थामा कार्यरत २० जना कर्मचारीहरु को सहभागिता रहेको तालिममा सिटी डेभलप्मेन्ट बैंक पोखराका कर्जा प्रमुख पदमबहादुर जि.सी., असल छिमेकी नेपाल कास्कीका कार्यकारी निर्देशक राजेन्द्रकुमार अधिकारी, इन्जिनियरिङ्ग अध्ययन संस्थान लामाचौर पोखराका आर्थिक उपनियन्त्रक पुष्पराज पौड्याल तथा आई एनएफ पोखराका वित्तिय निर्देशक कृष्णबहादुर अधिकारीले सहजीकरण÷प्रशिक्षण गराएका थिए । संस्थाका अध्यक्ष श्री पदमसिंह गुरुङ्गको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा सहभागि सुवास पौडेल एवं अप्सरा बस्नेतले तालिमको उपादेयता एवं महत्वको बारेमा प्रकाश पार्नुका साथै प्रशिक्षक राजेन्द्रकुमार अधिकारीले तालिममा सिकेका कुरालाई संस्थागत उन्नयन एवं व्यक्तीगत व्यवहारमा प्रयोगमा ल्याउनको लागि शुभकामना व्यक्त गरे । संस्थाका उपाध्यक्ष नारायणप्रसाद पौडेलले स्वागत गरेको कार्यक्रम संस्थाका कार्यवाहक सचिव चिरञ्जिवी पाण्डे (परशुराम) र सञ्चालक समिति सदस्य एवं शिक्षा समिति संयोजक सञ्जय कुमार अधिकारीले संयुक्त रुपमा सञ्चालन गरेका थिए । कार्यक्रममा कालिलेक बचत तथा ऋण सहकारी संस्था लि. पोखरा १६ बाटुलेचौरको आयोजनामा सम्पन्न संस्थागत ब्याडमिन्टन प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल संस्थाका लेखा समिति सदस्य सुशिलकुमार श्रेष्ठ नेतृत्वका १० जना खेलाडीलाई बधाई एवं सम्मान गरिएको संस्थाका व्यवस्थापक सुशिल के.सी.ले जानकारी गराए ।

Post a Comment

 
Top