तनाव व्यवस्थापन, सकारात्मक सोच, नेतृत्व विकास एवं उद्घोषणसम्बन्धी पाँच दिने तालिम एक कार्यक्रमको बीच सुरु भएको छ । पोखरा–५, मा मंगलबार सुरु भएको तालिमको पोखरा उपमहानगरपालिकाका बरिष्ट अधिकृत ओमराज शर्माले व्यानरमा हस्तान्तरण गरी उद्घाटन गरेका हुन् । उनले सीपमूलक तालिमले महिला शसक्तिकरणका साथै सकारात्मक सोचको बृद्धिहुनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिए । कार्यक्रमका विशेष अतिथि नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष राजेन्द्र अधिकारीले यो तालिम मार्गदर्शनमात्र हो हामीले व्यवहारमा यसलाई उतारेर अगाडि बढ्न सक्यौ भने यसले जीवन्त रुप लिनेछ र महिला शसक्तिकरणमा टेवा पु¥याउने बताए । त्यस्तै टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष उज्वल खत्रीले महिला सशक्तिकरण र क्षमता अभिबृद्धिका लागि प्रत्येक बर्ष यस्ता खाले योजनाको आवश्यक रहेको बताए । उनले प्रशिक्षर्थीहरुले सिकेका ज्ञानलाई व्यवहारमा उतार्न अनुरोध समेत गरेका थिए । पोखरा उपमहानगरपालिको आर्थिक सहयोग र महिला समन्वय समिति पोखरा ५ को आयोजनामा सुरुभएको तालिमको ब्रम्हकुमारी इश्वरीय विद्यालयका सुधा, पत्रकारद्धय धनश्याम पाण्डे र कविता श्रेष्ठले सहजीकरण गर्ने आयोजकले बताएको छ ।
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
संघ संस्था गतिबिधी
» तनाव व्यवस्थापन, सकारात्मक सोच बारे तालिम
Subscribe to:
Post Comments (Atom)
Post a Comment