0
लेखनाथ नगरपालिकाको सहयोगमा चौतारी नेपालको आयोजकमा सात ताल दोहरी हल तालचोकमा ‘महिलाहरुको स्वस्थ्यमा आर्थिक अवस्थाले पार्ने अभाव’ बिषयक एक दिवसीय  अन्तरक्रिया सम्पन्न भयो । भरत प्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अथिति लेखनाथ नगरपालिका का कार्यकारी अधिकृत रामचन्द्र पौडेलले  योजना बनाउँदा महिलाहरु पनि क्रियाशील हुनुपर्ने र आफ्नो कार्यकालमा नगरपालिका भित्र कुकर्म गर्ने नदिने बताए । नेपाली कांग्रेस नगर सभापति राजेन्दमणि लामिछाने ले  हरेक विहानको चिया श्रीमान–श्रीमती संगै बसी  खाएर शुरु गर्न आग्रह गरे । एमाले नगर अध्यक्ष मोहन गुरुङले सकारात्मक सोच को विकास हुनुपर्ने बताए । सामुदायिक शाखा प्रमुख मिना भट्टराइले परिवार र समाजमा महिला हरुको स्वस्थ्य समस्यालाई स्पष्टसंग राख्न सक्ने र समाधान गर्ने महिलाहरुलाइ सक्षेम बनाउन आग्रह गरिन । कार्यक्रममा शुभकामना लेखनाथ उद्योग वाणिज्य संघका उपाध्यक्ष लक्ष्मी त्रिपाठी,लायन सामुदाय हस्पिटलका अध्यक्ष गोविन्द कर्माचार्य, लेखनाथ जेसीजका अध्यक्ष विनोद लामिछाने, पारालिगलका संयोजक कोपिला रानाभाट, महिला जिविस उपाध्यक्ष तारा अधिकारी लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।  कार्यक्रममा कार्यपत्र पोखरा विश्वविद्यालयकी मिना पौडेल र मणिपाल हस्पिटलकी पुष्पा भट्टराईले  पंस्तुत गरेकी थिइन । कार्यक्रममा स्वागत बिरु कंडेलले, सहभागीका तर्फबाट साबित्री भण्डारी,विद्या लामिछाने र जानुका पराजुलीले आफ्नो जिज्ञासा राखेका थिए ।  कार्यक्रममा संस्थाको बार्षिक कार्यक्रम बाख्रा पैंचो योजनाका संयोजक मुक्तिराम अधिकारीले बाख्रा पंैचोमा मगली अधिकारीलाई सम्मान र केशा अधिकारीलाई बाख्रा वितरण गरिएको थियो ।

Post a Comment

 
Top