गोल्डेन न्यूज संवाददाता
भूकम्पका कारण पर्यटक आउन छाडेपछि पोखराको पर्यटकीय क्षेत्र लेकसाइडका विदेशी व्यापारीहरु पनि घर तिर लागेका छन् । पर्यटक आउन कमि भए पछि व्यापार हुन छाड्यो पसल बन्द गरेर विदा मनाउन घर तिर लागे एक व्यापारीले बताए । लेकसाइड क्षेत्रमा व्यापार गरेर बस्ने भारतका कास्मीहरु, चाइनीज र तिव्बतीयन व्यापारी पसल, होटल तथा रेष्टुरेण्ट बन्द गरेर घर तिर लागेको गन्थन डटकमले जनाएको छ । भूकम्पले पर्यटक आउन छाडेपछि विदेशी व्यापारी घर तीर भारतहरुले पोखरामा पस्वीनाको व्यापार गर्दै आएका छन् भने चाइनीज व्यापारीहरुले होटल तथा रेष्टुरेण्टको व्यापार गर्दै आएका छन् । पोखरामा भारतीय व्यापारीले सन्चालन गरेका ४० वटा पस्पिनाका व्यापारी छन् भने करिब २३ वटा होटल तथा रेष्टुरेण्ट चाइनीज व्यापारीहरुले सन्चालन गर्दै आएका छन् । पोखरामा २५ वर्ष देखि पस्वीनाको व्यापार गर्दै आएका भारतीय व्यापारी इतिखा आलमले पोखराको ९० प्रतिशत पस्वीनाका पसलहरु बन्द भएको बताए । इन्डियन सपकिपर एशोशियसन पोखराका अध्यक्ष समेत रहेका आलमले ‘पोखरामा पर्यटक नआए पछि व्यापार हुन छाड्यो –घरमा पनि आफ्न्त भेट्न जाने समय मिलेपछि पसल बन्द गएर घर गएका हुन्’ उनले भने केहि सयम घरमा बिताएर पोखरा शुरक्षा भएको सन्देश दिंदै आउने बताए । पोखराको होटल टेम्पले ट्रि र पोखरा ग्याण्डमा पस्वीनाको व्यापर गर्दै आएको उनले व्यापार नभए पनि आफूले पसल खोलेको बताए । त्यसै गरि पोखरामा होटल तथा रेष्टुरेण्ट सन्चालन गर्दै आएका चाइनिज व्यापारीहरु अधिकाशं व्यापार बन्द गरेर चाइना गएका छन् । ओभरसीज चाइनीज एशोसिएशन पोखराका उपाध्यक्ष उचिन लामाले चाइना सरकारले नै चाइनिजहरु लाई घर फर्किन भने पछि चाइना गएको बताए । उनले व्यापारहरु विस्तारै पोखरा फर्किन थालेको बताए । अहिले चाइनिजहरु ले सन्चालन गरेका अधिकाशं होटल तथा रेष्टुरेण्ट बन्द अवस्थामा रहेको लामाले बताए । उनले चाइनाबाट पोखरा आउन पर्यटकहरु धेरै नै इच्छुक भए पनि सरकारले नै रोक लगाएका कारण आउन अप्ठ्यारो भएको बताए । उनले आफूहरुले पोखरा सुरक्षीत रहेको बारेमा चाइनामा जानकारी दिदै आएको बताए । केहि समयमा नै पर्यटकहरु आउने उनको विश्वास थियो । सामाजिक सञ्जाल मार्फत फोटो र भिडियोबाट पोखरा सुरक्षित रहेको सन्देश पठाउने गरेको बताए ।
Post a Comment