गोल्डेन न्यूज संवाददाता
पोखराका रोटरीयनहरुले गोरखाको ताकुकोट गाँउ विकास समितिका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । रोटरी क्लब अफ पोखराको अयोजनामा भूकम्पबाट प्रभावित भएका ताकुकोटका सूर्योदय उच्च मावि,अन्र्तज्योती मावि र माझकोट माविका सबै ९ सय ५० जना विद्यार्थीहरुलाई शनिबार शैक्षिक सामाग्री वितरण गरिएको हो । त्यस अवसरमा विद्यार्थीहरुलाई १० हजार सिट विद्यालय पोशाक वितरण गरिएको रोटरी क्लब अफ पोखराका पूर्व अध्यक्ष किरणलाल श्रेष्ठले जानकारी दिए । क्लबका आगामी अध्यक्ष ज्ञानेन्द्र सिग्देलले आवश्यक अनुसार सहयोग गर्ने बताउँदै सहयोग गरिएको रकम सहि सदुपयोग गर्न आग्रह गरे । रोटरी क्लब अफ पोखराले नेपाल भारत मैत्री संघ कास्की शाखा, रोटरी क्लब अफ नापानुन अमेरिका, ईक्लब २००० स्वीजरल्याण्ड, यामागामा वेष्ट जापान, डेल कार्टेल चाईल्ड सेल्टर र नर्थ अमेरिकन कलेज अमेरिकाको सहयोगमा भूकम्पबाट प्रभावितहरुका लागि खाद्यान्न, लत्ता कपडा लगायतका राहत सामाग्री प्रदान गरेको हो । अहिलेसम्म क्लबले विभिन्न स्थानमा गरि ६ थान ब्लान्केट र ३ हजार पोका राहत सामाग्री वितरण गरिसकेको छ भने २४ वटा घरहरु बनाईसकेको छ । रोटरी क्लब, गोरखामा १० हजार भूकम्प प्रतिरोधी घर र ५ वटा विद्यालयको भवन बनाउने योजनामा रहेको जनाईएको छ । ती विद्यालयलाई आवश्यक पर्ने सम्पूर्ण फर्निचरहरु पनि क्लबले नै व्यवस्था गर्ने पूर्व अध्यक्ष किरणलाल श्रेष्ठले बताए ।
Post a Comment