गोल्डेन न्यूज संवाददात
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको आयोजनामा जेठ २४ गते कृषि सम्बन्धी राज्यको नीति कार्यक्रम र कार्यान्वयन अवस्था विषयक अन्तरकृया कास्कीको हंसपुर गा.वि.स.मा सम्पन भएको छ । स्थानीय मानव अधिकार निगरानी समूहका संयोजक कृष्णमणि सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय कास्कीका कृषि अधिकृत रमेश कोइरालाले राज्यद्वारा लागू गरिएको कृषि नीति अनुरुप एक गाउ‘ एक प्राविधिकको व्यवस्था हुन नसके पनि किसानको माग र गुनासोका आधारमा जिल्ला कृषि विकास कार्यालय कास्कीले सेवा प्रदान गरिरहेको बताए । सो अवसरमा उनले कृषक लक्षित राष्ट्रिय योजना अनुसार कृषि बालिको बीमा, पशु बीमा तथा युवा लक्षित विभिन्न कार्यक्रमहरु भइरहेको बताउँदै हंसपुर गा.वि.स. मा टनेल तरकारी उत्पादन कार्यक्रम मौरी घार विस्तार, च्याउ खेती प्रवद्र्धन तथा पशुपालन व्यवसाय लगायका कृषि जन्य कार्यक्रमहरुका लागि आवश्यक सहयोग पु¥याएको बताए । स्थानीय कृषकहरुको जिज्ञासाको जवाफ दिंदै कृषि अधिकृत कोइरालाले कृषि सेवाका लागि कास्की जिल्लामा ६ वटा सेवा केन्द्रहरु सञ्चालन भइरहेको अवस्थामा यस हंसपुर गा.वि.स. मा सेवा केन्द्र नरहेपनि रुपाकोट गा.वि.स. अथवा लेखनाथ न.पा.मा रहेको सेवा केन्द्रबाट आवश्यक सल्लाह लिन सक्ने पनि बताए । कार्यक्रममा मानव अधिकार निगरानी समूहका कास्कीका संयोजक कृष्ण प्रसाद बरालले कृषिको उत्पादन बिना कोही पनि बॉच्न नसक्ने हु‘दा कृषि पेशाको उच्च सम्मान र मूल्याकंन गर्नु पर्ने बताउ‘दै इन्सेक पोखरा कार्यालय ली–वर्ड तथा जिल्ला कृषि विकास कार्यालयको समन्वयमा कृषि नीति कार्यक्रम र कार्यन्वयनका सम्बन्धमा सचेतानाका लागि यो कार्यक्रम आयोजना गरिएको बताए । सो अवसरमा उनले किसानका हरेक सरोकारका विषयहरुमा आफू सहयोगका लागि आवश्यक हमेशा लागि रहने पनि बताए । कार्यक्रममा भूकम्प पीडित परिवारका ५० जना बालबालिका हरुलाई स्टेसनरी वितरण गरिएको थियो भने बालबालिका हक हित र अधिकार संरक्षणका लागि रामकोट चोकमा होडिङ बोर्ड समेत राखिएको उक्त कार्यक्रमको उद्देश्य माथि इन्सेक पोखराका कार्यक्रम संयोजक सवनम शर्माले प्रकाश पारेकी थिइन् । इन्सेक सहजकर्ता सृजना सुवेदीले सञ्चालन गरेको कार्यक्रममा हंसपुर गा.वि.स.का आमा समूह, स्थानीय कृषक समूहका अगुवा कृषक तथा समाजसेवी एवं विद्यालयका शिक्षक तथा बालबालिका हरुको उपस्थिति रहेको थियो

Post a Comment