0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ नगरपालिका वडा नं. १२, खुदी–ढुङ्गेपाटन स्थित गोल्डेन नेचर उच्च माध्यमिक विद्यालयमा विद्यार्थीहरूमा निहीत प्रतिभा प्रस्फुटन एवम् विद्यार्थीहरूको चौतर्फी विकास गर्ने लक्ष्य बमोजिम नियमितरूपमा विभिन्न अतिरिक्त क्रियाकलापहरु सञ्चालनको क्रममा नेपाली निबन्ध लेखन प्रतियोगिता सम्पन्न भयो । कक्षा ४ देखि ६ सम्मका विद्यार्थीहरू सहभागी  प्रतियोगितामा १४७ जना विद्यार्थी छात्र–छात्राहरुको सहभागिता रहेको थियो । जसमा इमुना बुढाथोकीले प्रथम स्थान प्राप्त गर्न सफल भइन भने अंकिता आचार्यले द्वितीय स्थान, अञ्जन भुजेलले तृतीय स्थान र सुमित सुबेदीले सान्त्वना स्थान प्राप्त गर्न सफल भए । कार्यक्रमको संयोजन शिक्षक राम प्रसाद पोखरेल र शिक्षिका सरिता रानाभाटले गरेका थिए ।

Post a Comment

 
Top