0
गोल्डेन न्यूज संवाददाता
भूकम्प प्रभावितका लागि नेपाल रेडक्रस सोसाइटी कास्की शाखामा जुनियर रेडक्रस सर्कलबाट सहयोग आउने क्रम जारी छ । पछिल्लो क्रममा नेपाल जुनियर रेडक्रस सर्कल माछापुच्छ«े उच्च मा.वि., भुजुङ्खोलाबाट ५  हजार १ सय १५ रुपैया, नेपाल जुनियर रेडक्रस सर्कल सृजना उच्च मा.वि., सृजनाचोकबाट १५ हजार रुपैया, नेपाल जुनियर रेडक्रस सर्कल कालिका उच्च मा.वि.,पोखरा–१०, रामवजारबाट १० हजार ५ सय ५ रुपैया प्राप्त भएको छ । यसैगरी नेपाल रेडक्रस सर्कल सोसाइटी पोखरा २,३ उपशाखा, विन्ध्यवासिनी बाट ११ हजार १ सय ११ रुपैयाँ प्राप्त भएको शाखाका कोषाध्यक्ष धर्मराज अधिकारीले जानकारी दिए । पोखरा २,३ उपशाखाका सभापति खगेन्द्रराज पराजुलीले रेडक्रस कार्यालयमा आयोजित कार्यक्रममा रेडक्रस कास्की शाखाका उपसभापति दण्डराज शर्मा, मन्त्री कृष्ण तिमील्सीना, वरिष्ठ अधिकृत खेमराज सापकोटा लाई संयुक्त रुपमा प्रदान गरे । भूकम्प प्रभावितका लागि सोमवार सम्म कास्की शाखामा ३४ लाख ८७ हजार ३ सय ८९ रुपैँया संकलन भएको छ ।

Post a Comment

 
Top