0
गोल्डेन न्यूज संवाददाता
चरक मेमोरियल हस्पिटल पृथ्वीचोक पोखराले अत्याधुनिक प्रविधिसहितको डायलिसिस सेवा शुरु गरेको छ । हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट डा. ऋषिराम ढकाल र वरिष्ठ नेफ्रोलोजिष्ट डा. क्लाराले डायलिसिस सेवाको सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । पहिलो चरणमा दैनिक दुई सिफ्टमा सञ्चालन हुने गरी ४ शैया क्षमताको डायलिसिस कक्ष सञ्चालनमा ल्याइएको छ । दिनमा ३ सिफ्टमा सेवा सञ्चालन गर्ने लक्ष्यसहित सेवा सञ्चालनमा ल्याइएको वरिष्ठ नेफ्रोलोजिष्ट डा. क्लारा पौडेलले जानकारी दिइन् । ४ शैयाको क्षमतालाई बिस्तार गरी ८ शैयासम्म पु¥याइने उनले बताइन् । मृगौला रोग विशेषज्ञ डा. क्लाराले हस्पिटलमा २४सै घण्टा सेवा प्रदान गर्नेछिन् । डायलिसिस विभागमा प्रयोग हुने मेसिन जर्मनबाट ल्याइएको हस्पिटलका प्रवन्ध निर्देशक दीपेन थापाले जानकारी दिए । ‘अत्याधुनिक प्रविधिको मेसिनमार्फत विशेषज्ञ डाक्टरबाट स्तरीय सेवा प्रदान हुन्छ,’ उनले भने । हस्पिटलमा शल्यक्रिया, नशा तथा हाडजोर्नी, प्रसुति तथा स्त्री रोग, भिडियो एक्सरे, नाक, कान घाँटी, बाल तथा नवजात शिश सेवा उपलब्ध छ । चर्म तथा यौन रोग, प्याथालोजी, फिजियोथेरापी, एक्सरे, फार्मेसी, एम्बुलेन्स लगायतका सेवा पनि हस्पिटलमा उपलब्ध रहेको प्रवन्ध निर्देशक थापाले जानकारी दिए ।

Post a Comment

 
Top