एमाओवादी कास्कीले जिल्लाको धिताल र ल्वाङघलेल गाबिसका भूकम्प पीडित परिवारलाई राहतस्वरुप जस्तापाता वितरण गरेको छ । एमाओवादी कास्कीको भूकम्प पीडितहरुका लागि राहत र पूनर्निर्माण अभियान–२०७२ अन्तर्गत आइतबार राहत वितरण गरिएको हो । राहत वितरण कार्यक्रममा बोल्दै एमाओवादी कास्कीका सहसचिव धर्मबहादुर गुरुङले पीडितहरुको पीडामा थोरै भएपनि मल्हम लगाउन जस्तापाता वितरण गरिएको बताए । ‘यो तपाईहरुको पीडाको घाउमा मल्हम मात्र हो, थप उपचार गर्नु राज्यको दायित्व हो’–गुरुङले भने । कार्यक्रममा एमाओवादी कास्कीका जिल्ला समिति सदस्य मनहरि तिमिल्सिनाले सहयोगदाताको मात्र भर नपरी आफैं पूनर्निर्माणमा जुट्न स्थानीयलाई आग्रह गरे । कार्यक्रममा समाजसेवी एवम् शिक्षाप्रेमी टेकनाथ गौतमले मर्दीखोला आसपासका भूकम्प पीडितहरुको सहयोगका लागि आफू क्रियाशील रहेको बताउँदै सबैबाट सकारात्मक सहयोगको अपेक्षा गरेको बताए । त्यसै गरी इन्द्रेणी एकीकृत विकास केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी, गाबिस सचिव कमलापति अधिकारी, नेपाली कांग्रेसका प्रतिनिधि बिजयकुमार गुरुङ, नेकपा एमालेका प्रतिनिधि रुद्रबहादुर अधिकारी, एमाओवादी प्रतिनिधि भीमप्रसाद गौतम, राप्रपाका प्रतिनिधि देवीप्रसाद अधिकारी, समाजसेवी डिल्लीराम अधिकारी लगायतले विपदमा परेकाहरुका लागि एमाओवादीले सह्रानीय काम गरेको भन्दै आभार प्रकट गरे । एमाओवादीले धिताल र ल्वाङघलेल गाबिसमा गरी आइतबार २४ बण्डल जस्तापाता बितरण गरेको हो । वितरण गरिएको राहत सामाग्रीको मूख्य हिस्सा समाजसेवी तथा पार्टीका स्थानीय नेता टेकनाथ गौतमको पहलमा संकलन गरिएको थियो भने धितालका पर्शुराम दाहालले २ बण्डल जस्तापाता, इन्द्रेणी एकीकृत विकास केन्द्र, बगरले व्यवस्थापकीय खर्च र धितालकै मित्रलाल अधिकारीले दुवानी सेवा सौजन्य गरेका थिए । यसअघि पनि एमाओवादी कास्कीले ल्वाङघलेल र लाहाचोक गाबिसमा गरी २६ बण्डल जस्तापाता बितरण गरिसकेको छ । कार्यक्रममा पीडित भीमबहादुर नेपालीले राहतले आफ्नो वर्षात्को चिन्ता हटेको भन्दै खुसी ब्यक्त गरे ।
Home
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
»
राजनीति
» एमाओवादीद्वारा भूकम्पपीडितलाई जस्तापाता वितरण
Subscribe to:
Post Comments (Atom)
Post a Comment