0
गोल्डेन न्यूज संवाददाता
हार्डवयर एशोसियशन लेखनाथले आफ्ना सदस्य एवं व्यवसायमा कार्यरत यातायात मजदुरलाई ट्राफिक सचेना सम्वन्धी प्रशिक्षण दिएको छ । एशोसिएशन सँग आवद्ध व्यवसायीकोमा कार्यरत यातायात मजदुरलाई ट्राफिक नियम, त्यसको उल्लंघन हुँदा हुने कारवाही लगायतका विषयमा जानकारी दिइएको थियो ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक राजेन्द्र कार्कीले ट्राफिक सचेतनामा सहजीकण गरेका थिए । त्यसक्रममा व्यवसायी तथा यातायात मजदुरले उठाएका विभिन्न समस्याका विषयमा जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख श्यामु अर्यालले जवाफ दिएका थिए । उनले ट्राफिक नियमको पालना गरेर सभ्य नागरिकको परिचय दिन समेत आग्रह गरेका थिए । सबै कागजपत्रहरु सही हुँदा हुँदै पनि ट्राफिकले दुःख दिए आफूलाई सिधै सम्पर्क गर्न आग्रह गरे ।  कार्यक्रममा लेखनाथ नगरपालिकाका प्रमुख एंव कार्यकारी अधिकृत रामचन्द्र पौडेलले सडक किनार तथा करिडोरमा जथाभावी निर्माण सामाग्री नराख्न आग्रह गरे । उनले नगरलाई सफा राख्ने दायित्व सबैको भएको उल्लेख गर्दै, सहयोग गर्न एशोसिएशनलाई आग्रह गरे । लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बाबुराम गिरीले व्यवसायी र ट्राफिकका विच समन्वय नहुँदा देखिएका समस्यालाई कसैबाट फाइदा उठाउने काम गर्न नहुने बताए । संघका अध्यक्ष ऋषिराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, बेगनासताल वस संचालक समितिका अध्यक्ष बुद्धि वास्तोला, एशोसियशनका संस्थापक अध्यक्ष राजेन्द्र ओझा, बरिष्ठ सल्लाहकार भक्तवहादुर के.सी लगायतले व्यवसायीहरुले भोग्नु परेका समस्याका विषयमा आफ्ना धारणा राखेका थिए ।अध्यक्ष भण्डारीले लेखनाथका हार्डवयर व्यवसायीले ट्राफिकबाट भएका समस्याका बारेमा ध्यानाकर्षण गराएका थिए । उनले यातायात निरीक्षकबाट बेला बेलामा अनाहकमा दुःख पाउनु परेको गुनासो समेत गरेका थिए । कार्यक्रमको संचालन महासचिव गोपिचन्द्र बाँस्तोलाले गरेका थिए ।

Post a Comment

 
Top