0
गोल्डेन न्यूज संवाददाता
कास्कीमा रहेका विभिन्न मन्टेश्वरी स्कूलहरुको हकहित र संरक्षणका लागि मन्टेश्वरी एशोसिएशन कास्की गठन गरिएको छ । विभिन्न मन्टेश्वरी स्कूलका संस्थापकहरुको शनिबार पोखरामा सम्पन्न आम भेलाबाट फूलबारी मन्टेश्वरी कटेज नदीपुरकी संस्थापक अरुणा शेरचनको अध्यक्षतामा मन्टेश्वरी एशोसिएन कास्की तदर्थ समिति चयन गरिएको छ ।  समितिको उपाध्यक्षमा एन्जेल मन्टेश्वरी स्कूल मासबारका भवानी अधिकारी, सचिवमा प्राइम मन्टेश्वरी स्कुल फुलबारीका श्रीप्रसाद बास्तोला, कोषाध्यक्षमा मेरिल्याण्ड किड्स मन्टेश्वरी नँयागाँउका कुल प्रसाद सुवेदी, रहेका छन् । यस्तै सदस्यहरुमा शाल्वी मर्सानी (अर्ली चाइल्ड हुड एजुकेशन सेन्टर), सावित्री थापा (रिड मन्टेश्वरी पोखरा–१०), अप्सरा अधिकारी (बुद्ध मन्टेश्वरी पोखरा १७), रीता सुवेदी (हेवन्ली गार्डेन मन्टेश्वरी पोखरा १७), रीता पौडेल (लिटिल गार्डेन लेखनाथ ७) रहेका छन् । तदर्थ समितिले आगामी ६ महिनाभित्र संस्थाको विधान लेखन कार्य सम्पन्न गरि विधिवत दर्ता गरि प्रथम साधारणसभा समेत अनिवार्य रुपमा सम्पन्न गराउने बताइएको छ । साथै समितिले कार्यालय स्थापना र विभिन्न मन्टेश्वरी स्कूल बीच समन्वय गर्ने जस्ता कार्यहरु गर्र्ने समितिका सचिव श्रीप्रसाद बास्तोलाले बताए । तदर्थ समितिकी अध्यक्ष अरुणा शेरचनले सम्पूर्ण मन्टेश्वरी स्कूलहरु एक ढिक्का भई अगाडि बढ्नुपर्ने आजको आवश्यकता भएको ठहर गर्दै संस्थाको स्थापना पश्चात् शैक्षिक जगतमा थप एक आयाम थपिने विश्वास व्यक्त गरिन् ।

Post a Comment

 
Top