0
गोल्डेन न्यूज संवाददाता
इगल आइज क्लवको आयोजनामा पोखरामा आयोजना गरिएको प्रथम इगल आइज स्नुकर टुर्नामेन्ट प्रतियोगिताको उपाधि रेगन श्रेष्ठले जितेका छन् । सोमवार सम्पन्न फाइनल खेलमा विरेन श्रेष्ठलाई (५–१) ले पराजित गरी टुर्नामेन्टको उपाधि हात पारेका हुन् ।  टुर्नामेन्ट समापन कार्यक्रममा प्रमुख अतिथि वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक वीरेन्द्र गोदारले यस्ता खेलहरुले युवाहरुको जोश जाँगरलाई अझ अगाडि बढाउने र सकारात्मक सोंचको विकास हुने बताए । कार्यक्रममा  पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, डिवि नेपाली, सामुदायिक सेवा केन्द्र बैदामका संस्थापक अध्यक्ष मंगल नेपाली, विलियट संघका उपाध्यक्ष दिलिप सुवेदी, गणेश बस्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि गोदारले टुर्नामेन्टमा विजयी हुने रेगन श्रेष्ठलाई नगद रु. ३० हजार, द्वितीय हुने विरेन श्रेष्ठलाई १५ हजार र तृतीय हुने महेश श्रेष्ठलाई ७ हजार ५ सय नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए ।   खेलमा तेस्रो पुरस्कारको प्रायोजन सम्झना नेपालीले गरेको आयोजकले बताएको छ । प्रतियोगिता जेठ १९ गतेदेखि शुरु भएको थियो । प्रतियोगितामा पोखराका सात युवाहरु महेन्द्र नेपाली, दिलिप कुँवर, विकास श्रेष्ठ, राजु श्रेष्ठ, निर्दोषजंग थापा, दिपेश तामाङ र कलाकार सुरेश केसीले टुर्नामेन्टको आयोजना गरेका हुन् । टुर्नामेन्टमा पोखराबाहेक काठमाण्डौ, बुटवल, चितवन लगायतका जिल्लाहरुबाट पनि प्रतियोगितामा भाग लिएका थिए ।

Post a Comment

 
Top