0
गोल्डेन न्यूज संवाददाता
गैह्रापाटनस्थित नविन सहकारी एवं बचत लिमिटेडले नविन ग्रोसरी स्टोर्स सञ्चालनमा ल्याउने भएको छ । स्टोर्सको यही २९ गते उद्घाटन गरिने लिमिटेडले जनाएको छ । पूर्णतः अत्याधुनिक पद्धतिद्वारा सञ्चालनमा ल्याउन लागिएको स्टोर्समा दैनिक उपभोग्य सामग्री सहित डिपार्टमेन्ट स्टोर्समा उपलब्ध सम्पूर्ण वस्तु उपलब्ध हुने सहकारीले जानकारी दिएको छ । उपभोक्तालाई सहुलियत मूल्यमा सामान बिक्री गर्ने उद्देश्यले सञ्चालनमा आउने स्टोर्समा गूणस्तरीय सामग्री राखिएको सहकारीका शेयरधनी श्यामजी केशव पराजुलीले जानकारी दिए । उक्त ग्रोसरी स्टोर्स सहकारीकै भवनमा रहेको छ । स्टोर्समा हालसम्म करिब २ करोड रुपैयाँको लगानी रहेको र आगामी दिनमा लगानी थपिनेसमेत सहकारीले जनाएको छ । स्थानीय वासीलाई आर्थिक गतिविधिमा संलग्न गराउने र सहकारीको सिद्धान्त अनुरुप पूँजी संकलन र ऋण प्रवाह गर्ने उद्देश्यले २०६४ सालमा सहकारीको स्थापना भएको हो । खराब कर्जा नरहेको र उच्च दैनिक पूँजी संकलन रहेको सहकारीको अधिकृत पूँजी ५ करोड रुपैयाँ रहेको छ । स्थानीयवासी सम्बद्ध सहकारीमा हाल ३ सय ५७ शेयर सदस्य रहेका छन्

Post a Comment

 
Top