गोल्डेन न्यूज संवाददाता
आध्यात्मिक तथा मानसिक परामर्श अभियान पश्चिमाञ्चल पोखराले नुवाकोटमा योग,ध्यान सत्संग सहितको संयुक्त प्याकेज कार्यक्रम सँगै निःशुल्क स्वास्थ्य परिक्षण तथा विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । भूकम्पका कारण भएको डर त्रासलाई न्युनिकरण गर्दै भत्किएको मनमा शान्ति र आनन्द जगाउने तथा स्वास्थ्य प्रति सचेत बनाउने उद्देश्यले पोखराबाट २१ जनाको टोली नुवाकोट पुगि उक्त कार्यक्रम सकाएर पोखरा फर्किएको हो । पश्चिमाञ्चल स्तरको अभियान थालनी भएको भएपनि अन्य जिल्लाहरुबाट समेत अभियान सञ्चालन गर्नुपर्ने माग आउन थालेपछि अभियानको टोली नुवाकोट पुगेको हो । अभियानको आयोजना तथा मनोचिकित्सक संघ र वुद्धि सागर स्मृति प्रतिष्ठान माटेपानीको संयोजन तथा लायन्स क्लव अफ् पोखरा सेन्टरल र विजि हस्पिटलको व्यवस्थापनमा उक्त कार्यक्रमको संचालन गरिएको थियो । नुवाकोटको विदुर नगरपालिकामा कार्यक्रम आयोजना गर्न स्थानीयवासीको माग भएपनि नुवकोट दरवार अशोक वाटिकामा कार्यक्रम आयोजना गर्नुपर्ने आवश्यकता महसूस गरी स्थानीय वासी तथा विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा अभियानका संयोजक सह–क्षेत्रीय प्रशासक दिवाकर बाँस्तोला, सदस्य सचिव नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेल, व्रह्मकुमारी इश्वरीय विश्व विद्यालय काठमाडौंका प्रशिक्षक व्रह्मकुमार मानसिंह ऐन, पतंञ्ली योग समिति नुवाकोटका अध्यक्ष जाफर मिन मिया, पतंजली योग समिति कास्कीका मार्गनिर्देशक दिपकराज सिग्देल, ओशोका स्वामी संजिव शाक्य, अभियानका सदस्य माधव पहारी, व्र.कु शैलेषराज वराल र गोपालबहादुर थापा, मनोचिकित्सक निर्मल लामिछाने, इ. राजेन्द्र लिगल, लगायतले योग, ध्यान र सत्संग तथा तनाव व्यवस्थापन सम्वन्धी प्रस्तुति राखेका थिए । कार्यक्रमको सुरुवात हिन्दु, मुस्लिम र वौद्ध धर्मको शान्ति पाठ तथा प्राथनाबाट गरिएको थियो भने राधेराधेको टीमले भजन प्रस्तुत गरेको थियो । नुवाकोट टुडिंखेलमा आयोजित कार्यक्रममा नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारीदेखि, डिएस्पी र स्थानीय विभिन्न संघ–संस्थाका प्रमुख तथा विद्यालयका प्रअ, शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो कार्यक्रममा स्वागत राष्ट्रिय युवा परिषद् नेपालका अध्यक्ष सरोज विष्टले गरेका थिए । योग, ध्यान सत्संग लगत्तै भैरवी उच्च माविका विद्यार्थीहरुलाई ४० हजार बराबरको शैक्षिक तथा खेलकुद सामाग्रीहरु वुद्धि सागर स्मृति प्रतिष्ठान माटेपानी र लायन्स क्लव अफ पोखरा सेन्टरका तर्फबाट हस्तान्तरण गरिएको थियो । उक्त सामाग्रीहरु प्रतिष्ठानका अशिम लामिछाने, केपी लामिछाने, श्रद्धा लामिछाने तथा क्लवका रमेश श्रेष्ठ तथा विशाल सुवेदी लगायतको टीमले विद्यालयका सहायक प्र.अ पिताम्वर भण्डारी र उच्च माविका शिक्षक रामहरि आचार्यलाई हस्तान्तरण गरेका थिए ।
शैक्षिक तथा राहत सामाग्री वितरण लगत्तै भैरव उच्च माविको प्राङ्गणमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य परीक्षण तथा मनोपरामर्शमा एक सय १३ जना सहभागी भएका छन् । बिजी हस्पिटलको प्राविधिक सहयोग तथा स्मृति प्रतिष्ठानको व्यवस्थापनमा सम्पन्न स्वास्थ्य शिविरमा डा. निर्मल लामिछाने, डा.विकल लामिछाने, डा.अनिल गुरुङ लगायत विजि हस्पिटल माटेपानी पोखराका उषा क्षेत्री र विना थापा लगायतको टोलीले स्वास्थ्य परीक्षण गराएका थिए । स्वास्थ्य शिविरमा ५० हजार वरावरको निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।
शैक्षिक तथा राहत सामाग्री वितरण लगत्तै भैरव उच्च माविको प्राङ्गणमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य परीक्षण तथा मनोपरामर्शमा एक सय १३ जना सहभागी भएका छन् । बिजी हस्पिटलको प्राविधिक सहयोग तथा स्मृति प्रतिष्ठानको व्यवस्थापनमा सम्पन्न स्वास्थ्य शिविरमा डा. निर्मल लामिछाने, डा.विकल लामिछाने, डा.अनिल गुरुङ लगायत विजि हस्पिटल माटेपानी पोखराका उषा क्षेत्री र विना थापा लगायतको टोलीले स्वास्थ्य परीक्षण गराएका थिए । स्वास्थ्य शिविरमा ५० हजार वरावरको निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।
Post a Comment