0
क्याक्मेली समाज पोखरा कास्कीले प्रकाशन गरेको क्याक्मी स्मारिकाको शनिबार पोखराका एक कार्यक्रमकाबीच लोकार्पण गरियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी डाइरेक्टर तथा वरिष्ठ साहित्यकार दुर्गाबहादुर शाह बाबाले उक्त स्मारिकाको लोकार्पण गरे । त्यस अवसरमा बोल्दै शाह बाबाले हाम्रा पर्यटकीय, ऐतिहासिक र धार्मिक महत्वका विषयवस्तुहरुको पहिचानका लागि विभिन्न संघसंस्थाले प्रकाशन गरेको पत्रपत्रिका, स्मारिका र पुस्तकहरुले महत्वपूर्ण भूमिका खेलेको बताए । कृतिको समीक्षा गर्दै अन्तराष्ट्रिय नेपाली साहित्य समाजका पूर्व सचिव हरि मानन्धरले सिंगो क्याक्मीको पहिचानका लागि स्मारिका उत्कृष्ट रहेको बताए । कार्यक्रममा अधिवक्ता महेन्द्रमान व्यथित, भारतको अल इन्डिया रेडियोका पूर्व कार्यक्रम संयोजक टिकाराम वाग्ले, चित्रेभञ्ज्याङ्ग सम्पर्क मञ्चका अध्यक्ष नरेश राना, भिमाद पोली क्लिनिकका सञ्चालक दयानीधि पौडेल, पृथ्वीनारायण क्याम्पसका प्राध्यापक परशुराम कोइराला, जगराज चनलगायतका वक्ताहरुले बोलेका थिए । समाजका अध्यक्ष दलनारायण मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका उपाध्यक्ष शालिकराम नेपालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालक स्मारिकाका सम्पादक तथा समाजका सचिव सुन्दर मानन्धरले गरेका थिए ।

Post a Comment

 
Top