गोल्डेन न्यूज संवाददाता
सहासिक खेल तथा पर्यटन प्रवद्र्धनको लक्ष्यसहित पोखरामा ‘आठौं सिन्सियर सिटिजन्स मोटर ¥याली’ प्रतियोगिता आयोजना गरिएको छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशन को आयोजना तथा नेपाल अटोमोबाइल स्पोर्टस् एशोसिएशन (नासा) र अटो नेपाल पत्रिकाको सहकार्यमा ¥याली हुन लागेको हो । जेठ ३० गते आयोजना गरिएको मोटर ¥यालीको तयारीलाई तीब्र बनाइएको शनिबार आयोजित पत्रकार सम्मेलनमा एशोसिएशनका अध्यक्ष माधवप्रसाद पौडेलले जानकारी दिए । ‘सहासिक तथा पर्यटकीय खेल प्रवद्र्धनमा समर्पित’ नाराका साथ आयोजित प्रतियोगितामा १ सय ५० जना प्रतियोगी सहभागी हुने पौडेलले बताए । ¥यालीमा ५० वटा गाडी सहभागी हुनेछन् । ‘कार्यक्रमले पोखराको पर्यटन प्रवद्र्धनमा ¥यालीले सकारात्मक योगदान पु¥याउने अपेक्षा छ,’ पौडेलले भने । पोखरा रङ्गशालाबाट शुरु हुने ¥याली हिमालयन देउराली रिसोर्ट नौडाँडामा पुगेर समापन हुने एशोसिएशनका महासचिव मोहनबाबु खड्काले जानकारी दिए । पोखराको अमरसिंहचोक, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, एयरपोर्ट, बिरौटा,, पार्दी, राष्ट्रबैंक चोक, सहिदचोक, लेकसाइड, जिरोकिलोमिटर, हरिचोकहुँदै हेम्जा पार गरेर मोटर ¥याली नौंडाँडा पुग्ने उनले बताए । प्रथम, द्वितीय र तृतीयलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।४० किलोमिटर दुरीमा ¥याली आयोजना गरिएको कार्यक्रम संयोजक शिव श्रेष्ठले जानकारी दिए । समय, गति र दुरीका आधारमा ¥यालीमा सहभागीलाई नम्बर दिइने उनले बताए । ‘नेपालको भूबनावटलाई सुहाउँदो मोटर स्पोर्टस्का माध्यमबाट नेपालका पर्यटकीय गन्तव्यको प्रवद्र्धनका साथै सडक सुरक्षाको लागि ¥यालीले सहयोग पु¥याउनेछ,’ श्रेष्ठले भने, ‘सडक सुरक्षामा सबैको चासो बढाउन पनि प्रतियोगिता आयोजना भएको हो ।’ ¥यालीमा सहभागी हुन चाहने व्यक्तिले एशोसिएसनको कार्यालय नयाँबजार पोखरामा गएर फर्म भर्न सक्ने संयोजक श्रेष्ठले बताए ।भूकम्प पछिको जनजीवनलाई सहज बनाउनका लागि पनि कार्यक्रमले सकारात्मक योगदान पु¥याउने पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव तथा युवा उद्यमी मञ्च पोखराका अध्यक्ष प्रकाशदेव पालिखेले बताए । ‘पोखरामा आयोजना भएको मोटर्स ¥यालीले भूकम्पबाट त्रासमा रहेकाहरुको पुनर्ताजगीका लागि पनि सहयोगी बन्नेछ,’ उनले भने । प्रतियोगिताले पोखरा र आसपासको क्षेत्रको सहासिक खेलकुदको विकास थप टेवा पुग्ने नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्स (नाट्टा) पश्चिमाञ्चलका अध्यक्ष पोमनारायण श्रेष्ठको भनाइ छ । ‘यस्ता प्रतियोगिताहरुले पर्यटन प्रवद्र्धनमा पनि सकारात्मक योगदान पु¥याउँछन्,’ उनले भने, ‘¥यालीलाई सफल पार्न हामी सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नेछौं ।) साहसिक तथा पर्यटकीय खेल प्रवद्र्धनमा नासाले वर्षेनी विभिन्न कार्यक्रम तथा प्रतियोगिताहरु आयोजना गर्दै आइरहेको छ । गत वर्ष पोखरामा खुल्ला स्कुटर ¥याली आयोजना भएको थियो ।
Post a Comment