0
गोल्डेन न्यूज संवाददाता
अनुपम म्युजिक पोखराले आयोजना गरेको दोस्रो अनुपम साङ्गीतिक साँझका अवसरमा साङ्गीतिक क्षेत्रमा योगदान पु¥याएका विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । शनिबार पोखरामा सम्पन्न कार्यव्रmममा गायक रामभक्त जोजिजु र सङ्गीतकार वसन्त सापकोटालाई अनुपम सङ्गीत सम्मान तथा गीतकार÷गजलकार डा. कृष्णहरि बराललाई अनुपम म्युजिक अवार्डसहित सम्मान गरिएको हो । सङ्गीतकार सापकोटालाई प्रमुख अतिथि शिक्षाविद् जोर्ज जोनसहित उनकै पिता कलाधर सापकोटा र माता पार्वती सापकोटाले सम्मान गरेका थिए । यस्तै, जोजिजुलाई प्रमुख अतिथि र प्रा. डा. कृष्णहरि बरालले तथा डा. बराललाई प्रमुख अतिथि, समाजसेवी वीरेन्द्र पालिखे र कार्यव्रmम संयोजक अनुराग अधिकारीले अवार्ड प्रदान गरेका थिए । सम्मानित भएपछि गजलकार तथा गीतकार डा. कृष्णहरि बरालले पोखराको दलिनमा उभिएर सिङ्गो राष्ट्र हाँक्न सकिने तर्क गर्दै नेपाली वाङ्मयका लागि पोखराको योगदानको प्रशंसा गरे । प्रमुख अतिथि शिक्षाविद् जोर्ज जोनले पोखराको शिक्षा, साहित्य र संस्कृतिको विकासका लागि युवाहरु नै अघि बढ्नुपर्नेमा जोड दिए । अनुपम म्युजिकले गरेको प्रयासको प्रशंसा गर्दै उनले यसरी नै निरन्तर लागे मात्र समाज अघि बढ्ने बताए । अनुपम म्युजिकका प्रबन्ध निर्देशक तथा कार्यव्रmम संयोजक अनुराग अधिकारीको अध्यक्षतामा भएको कार्यव्रmममा दार्जिलिङका कर्म ग्याल्छेन, काठमाडौँका प्रल्हाद तिमिल्सिना, मिलन अमात्य र वसन्त सापकोटा तथा पोखराका पुरुषोत्तम न्यौपाने, रामभक्त जोजिजु, इतु जोजिजु, नरजङ गुरुङ, तमन्ना गुरुङ, किशोर सुवेदी, रोम तामाङ, जय चापागाईँ, दिनेश विष्ट र स्याङ्जाका ज्ञानगोपाललगायतको साङ्गीतिक प्रस्तुतिमा दर्शकहरुले साथ दिएका थिए । यस्तै, पोखरा कला केन्द्रका कलाकारहरुको नृत्य प्रस्तुतिले पनि दर्शकको मन निकै तानेको थियो । कार्यव्रmमको सञ्चालन सञ्चार कर्मीद्वय रुपिन्द्र प्रभावी र ऋषि खतिवडाले गरेका थिए । गत वर्षदेखि सुरु भएको कार्यव्रmमलाई आगामी वर्ष पनि निरन्तरता दिइने कार्यव्रmम संयोजक अनुराग अधिकारीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए। कार्यव्रmमलाई निरन्तरता दिनका लागि यसअघि नै समाजसेवी वीरेन्द्र पालिखेले ३ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिएको अधिकारीले बताए ।

Post a Comment

 
Top