ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघको समन्वयमा एक विदेशी पर्यटकले तनहुँको शुक्लागण्डकी नगरपालिकाको शारदा प्राविलाई भौतिक पूर्वाधारका लागि निर्माण सामग्री सहित विद्यार्थीका लागि पाठ्यपुस्तक सहयोग गरेकी छिन् ।पोखरा घुम्न आएकी स्वीस नागरिक आइरिन जेम्सले एकलाख ७३ हजार रुपैयाँ मूल्यको सामग्री विद्यालयलाई दिएकी हुन् । भूकम्पले क्षति पु¥याएको विद्यालयको पुन निर्माणको लागि जस्तापाता र सिमेन्ट पनि सघाएकी थिइन । त्यस्तै विद्यार्थीलाई पाठ्यपुस्तक सहित शैक्षिक सामग्री दिइन् । विद्यालयका बालबालिकालाई पठनपाठनको समस्या भएपछि शैक्षिक र निर्माण सामग्री दिएको आईरिनले बताईन । उनले यसअघि अरु विदेशीसँग मिलेर गोरखाका विभिन्न भागमा राहत सामग्री समेत वितरण गरेकि थिइन । ‘बालबालिकालाई समस्या परेको देखेृर सघाउन मन लागेको हो’ उनले भनिन् । टानका सचिव विनय आचार्यका अनुसार विद्यालय भवन भत्केर पठनपाठनमा समस्या भएको थाहा पाएपछि आइरिनले विदेशस्थित आफन्त र साथीभाई बाट राहत रकम संकलन गरेर निर्माण शैशिक्ष सामग्री जुटाएकी थिइन । ‘घुम्न आएकी आइरिनले भूकम्प पीडितका लागि सघाएर ठूलो गुन लगाएकी छिन्’ उनले भने । टानका पूर्व अध्यक्ष डम्बर केसीले विदेशीको सहयोगले धेरैलाइ राहत मिलेको बताए । उनले भूकम्पबाट पीडित भएका विभिन्न जिल्लाका नागरिकलाई विदेशी पर्यटकले खुलेर सघाएको बताए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment