0
गोल्डेन न्यूज संवाददाता
सामुदायिक सेवा केन्द्र एवम सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानीद्वारा ४३ औं विश्व वातावरण दिवसको अवसरमा कांहुँ सामुदायिक विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेकोछ । प्रमुख अतिथि वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक केशब बस्नेतले बिरुवा रोपी उद्घाटन गर्दै वृक्ष रोपणका साथ साथै यसको संरक्षणमा पनि सबैले ध्यान दिनुपर्ने बताए । वृक्षारोपणको बहुमुखी महत्व रहने बताउँदै यसले वातावरण सन्तुलन, धार्मिक महत्व, पशुपंक्षीको आहार बिहार र वासस्थानमा समेत ठूलो मद्दत पुग्ने बताए । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानीका अध्यक्ष दया बरालको सभापतित्वमा आयोजित कार्यक्रममा द्वितीय उपाध्यक्ष कृष्ण प्रसाद आचार्यको स्वागतको मन्तब्य रहेको थियो भने काहुं सामुदायिक बिद्यालय व्यवस्थपन समितिका अध्यक्ष बिष्णु प्रसाद आचार्य, काहुं देउराली सहकारीका अध्यक्ष तथा समाजसेवी बोधराज घिमिरेले आ–आफ्नो भनाइ राखेका थिए ।  काहुं सामुदायिक विद्यालयका प्रधानाध्यापक अम्बिका गौतम, ढिकालेथर सेवा समिति पोखरा–१२ का अध्यक्ष एवं समाजसेवी भरत बहादुर कार्की, शीतलादेवी युवा क्लबका कोषाध्यक्ष नर प्रसाद गुरुङ, जोशिला आमा समूह काहुंकी अध्यक्ष साबित्री लामिछाने, शिवशक्ति उ.मा.बि.का पूर्ब प्र.अ. भोजराज बाँस्तोला, समाजसेवी रेशम बहादुर खत्री, कोषाध्यक्ष सरिता देवी शर्मा सिग्देल, कार्य समिति सदस्य तथा कार्यक्रम संयोजक धर्मराज आचार्य,आसबिर नेपाली, भुवन प्रकाश आचार्य,गुप्त बहादुर कार्की, वकावली रञ्जित शाक्य,  प्रहरी सहायक निरीक्षक लाल कुमारी कार्की,प्रहरी हवल्दार ज्ञान बहादुर रम्तेल र प्रहरी जवान बिनोद शर्मा लगायत बिभिन्न टोल विकास संस्था, आमा समुहहरुका सदस्यहरु समेतको उपस्थिति रहेको कार्यक्रममा बिभिन्न जातका ६५ वटा बिरुवाहरु रोपिएको थियो भने कार्यक्रम सञ्चालन सचिव बल बहादुर कार्कीले गरेका थिए ।

Post a Comment

 
Top